मार्च १ तारिखदेखि मलेसियाबाट अवैधानिक कामदार आरएम ५०० तिरेर स्वदेश फर्कन पाउने।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहाँ गैरकानुनी हैसियतमा कार्यरत रहेका आप्रवासी अवैधानिक नेपालीसंगै विदेशी कामदारहरुलाई स्वदेश फिर्ती कार्यक्रम सुरु गर्ने भएको छ ।

घरफिर्ती कार्यक्रम यहीँ मिति सन् २०२४ मार्च १ तारिखदेखि सुरु हुने मलेसियाली अध्यागमन बिभाग (इमिग्रेशन) ले जनाएको छ । साथै घरफिर्ती कार्यक्रम यस् बर्षको डिसेम्बर अन्तिम महिनासम्म , अर्थात लगातार १० महिनासम्म नै चल्ने अध्यागमन बिभागले जनाएको छ ।

अवैधानिक घर फर्किनलाई सम्बन्धित देशको नियोग अथवा दूतावासबाट जारी भएको म्याद नसकिएको यात्रा अनुमतिपत्र अथवा म्याद नसकिएको पासपोर्ट हातमा हुनुपर्ने र हवाई टिकट र जरिवाना बापत्तको तिर्नुपर्ने रकम सहित अवैधानिक कामदार स्वयमले यहाँ अवस्थित जुनसुकै ठाउँको अध्यागमन कार्यालयमा उपस्थित भएर प्रक्रिया पूरा गरेर सजिलै स्वदेश फर्किन पाउने अध्यागमन बिभागले जनाएको छ ।

साथै बिभागका अनुसार कामदारले स्वदेश फर्किन टिकट खरिद गर्दा अध्यागमन कार्यालयमा उपस्थित भएको मितिदेखि १४ दिनभित्रको मितिको टिकट खरिद गरेको हुनुपर्ने स्पष्ट पारेको छ , त्यस्तै अवैधानिक बसे बापत्तको जरिवाना रकम तिर्नलाई कार्यालयमा उपस्थित हुने कामदारले अनिवार्य क्रेडिट अथवा डेबिट कार्डको प्रयोग गर्नुपर्ने जनाएको छ ।

बिभागका अनुसार घरफिर्ती हुन चाहने कामदारले कुनैपनी एजेन्ट अथवा दलालको प्रयोग गर्न नपाइने र आफू स्वयंमनै बिना कुनै अपोइन्टमेन्टको सम्पुर्ण कागजात साथमै बोकेर सिधै अध्यागमन कार्यालयमा जान सकिने बिभागले जनाएको छ । घरफिर्ती हुनलाई अवैधानिक कामदारले आरएम ३०० देखि आरएम ५०० रिंगेटसम्म जरिवाना तिर्नुपर्ने बिभागले जनाएको छ ।

घरफिर्ती कार्यक्रम सुचारु हुने भएसंगै अब यहाँ अवैधानिक हैसियतमा कार्यरत नेपाली कामदारहरुले लाभ लिन सकिने र सजिलै स्वदेश फिर्ती हुन पाउने भएको छ ।

advertise / buy air ticket