[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा स्थापित नेकपा एमाले निकट प्रवास संगठन “प्रवासी नेपाली मञ्च” मलेसिया र छोटो समयमै ब्यापक चर्चा कमाउन सफल आरटी एफसी फुटबल क्लब मलेसिया सम्मानित भएका छ्न ।
नेपाल तामाङ घेदुङ मलेसियाद्वारा यी दुई फरक फरक संस्था सम्मानित भएका हुन् । घेदुङ् मलेसियाद्वारा आयोजना भएर सम्पन्न सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रम २०२४ को अवसरमा मलेसियामा रहेर प्रवासी नेपाली मञ्चले पछिल्लो समय नेपाली कामदारको हकहितको संरक्षण गर्नुको साथै कामदारलाई भरपुर रुपमा गरिरह्नु भएको निशुल्क टिकट हस्तान्तरण लगायत कार्यको उच्च मूल्याकंन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेलद्वारा मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाललाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

त्यस्तै मलेसियामा स्थापित भएर निकै छोट्टो समयमै व्यापक चर्चा कमाउन सफल आरटी एफसी फुटबल क्लब मलेसिया पनि सम्मानित भएका छ्न ।
मलेसियामा रहेर पनि फुटबल लगायत खेलकुदको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै घेदुङ मलेसियाले आरटी एफसी क्लबका अध्यक्ष राजु तामाङलाई सम्मानपत्र हस्तान्तरण गर्दै सम्मानित गरेका थिए ।

नेपाल तामाङ घेदुङले स्थापनाकालदेखि नै ल्होछारको उपलक्ष्यमा विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका नेपालीहरुलाई सम्मानित गर्ने कार्य गर्दै आएका छ्न ।




















