काठमाडौं:= एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ । यो हारसँगै नेपाल एसिया कपमा पुग्न असफल भएको छ । यससँगै तेस्रो पटक फाइनल खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।
जितको लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।बलिङमा नेपालका लागि सीता रानामगर र कविता जोशीले २/२, कविता कुवर र रुविना क्षेत्रीले १/१ विकेट लिए ।
यसअघि मलेसियाको क्वालालाम्पुरमा नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्मा सर्वाधिक २९ रन बनाइन । उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन् ।
त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५ , सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन ।
मलेसियाकी महिराह इजाती इस्मालीले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन । मलेसिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।




















