जनउद्दार केन्द्र मलेसियाको सहयोगमा बिरामी पीडित नेपाली श्रमिक स्वदेश फर्किए।

क्वालालम्पुर (मलेसिया):= बारबर्दिया १ बर्दियाका ४० बर्षिय नेपाली कामदार शिव प्रकाश थारु , प्यारालाइस बाट ग्रस्त भै मलेसियामै बिगत तीन महिना देखि ओछ्यानमा परेका थिए , उनै पीडित थारुको सामाजिक कल्याणकारी संघ “जनउद्धार केन्द्र” मलेसियाले उद्धार गरि घर फर्काएको छ ।

थारु बिगत लामो समयदेखि अबैधानिक रुपमा मलेसियाको पेनाङ्ग स्थित एक सेक्युरिटी गार्ड कम्पनिमा काम गर्दै आइरहेका थिए , एकदिन अच्चानक प्यारलाइसिसको शिकार हुन पुगे र थल्ला परे ।  कागजात बिहिन अबस्थामा रहेका उनलाई अस्पताल भर्ना गरेर उपचार गराउन सम्भावना नभएपछि केन्द्रले आबश्यक कागजात बनाउन नेपाली दूतावास मलेसियालाई आग्रह गरेको थियो ।

बिरामी थारुले पनि जतिसक्दो छिटो स्वदेश फर्कन पाए बाँकी उपचार नेपाल गएर गर्ने मनसाय ब्यक्त गरेका थिए । सोही अनुरुप दूतावासले पनि यथासिघ्र ट्रावल डकुमेन्ट (यात्रा अनुमतिपत्र) उपलब्ध गराएपछि , थारुलाई सकुशल नेपाल फर्काउन पहल थाकिएको थियो ।

एक त उनी बैधानिक कागजात बिहिन थिए त्यसैमाथी उनिसंग कोभिड -१९ विरुद्धको भ्याक्सिनको प्रमाण समेत नहुदा मलेसियाको अध्यागमन बाट प्राप्त हुनुपर्ने कागजहरुको प्रक्रिया निकै लामो र झन्झटिलो बन्न पुगेको थियो, विभिन्न आरोह अवरोहको बाबजुद पनि जनउद्दार केन्द्रले सम्पूर्ण कानुनी प्रक्रिया मिलाएर हिमालय एअरलाइन्स मार्फत १५ तारिख फेब्रुअरी २०२४ को उडानमा नेपाल पठाउन सफल भएको जनउद्दार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले जानकारी दिनुभयो ।

पीडित बिरामी थारु स्वदेश फर्किन आवश्यक पर्ने हवाई टिकट लगायत अध्यागमन विभागमा जरिवाना बापत लाग्ने रकम मध्य आफू संग भएको केहि पैसा पीडित स्वयंमले व्यहोरेको र अध्यागमन तिर्न अपुग रकम लगायत सम्पुर्ण खर्च जनउद्दार केन्द्रले तिरिदिएको अध्यक्ष थापाले बताउनुभयो ।

नेपाल पुगिसके पश्चात् विमानस्थल परिसरमा हास्य कलाकार मनोज गजुरेल संग पीडित थारु ।

पीडित थारुलाई नेपाल पठाउन पेनाङ्ग देखि केन्द्रका कोषाध्यक्ष बिराष पुन मगर केयलआईए अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) सम्म आफै जानुभएको थियो भने समाजसेवी बलराम घिमिरेले पनि विभिन्न समयमा प्राबिधिक सहयोग गर्दै आउनुभएको अध्यक्ष थापाले बताउनुभयो । साथै थारुलाई स्वदेश फर्किन र फ्लाइटमा बस्न सहज होस् भनि साथमा अन्य दुइजना साथीहरू समेतलाई जिम्मेवारी दिइएर साथै पठाइएको थियो ।

अध्यक्ष थापाले भन्नुभयो , बिरामी सकुसल नेपाल पुगेका छन , उनलाई जनउद्धार केन्द्रका संरक्षक तथा बरिस्ठ हास्य अभिनेता मनोज गजुरेल लगायत ले त्रिभुवन बिमानस्थलमा रिशिभ गरि आफन्त को जिम्मा लगाएका छन । थारुलाई हाल वीर अस्पताल भर्ना गरि उपचार अगाडि बढाइएको कुरा उनका परिवारले जनउद्धार केन्द्र लाइ जानकारी गराएको कुरा मलाया खबरलाई जानकारी दिनुभयो ।

पीडित थारुलाई स्वदेश फर्काउन सहयोग समन्वय गर्नुहुने नेपाली दूतावाससंगै सबैजना सहयोगीदाता हरुप्रति जनउद्दार केन्द्रले धन्यवाद ज्ञापन गरेका छ्न ।