क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न आएर बिगत १२ बर्षदेखि अलपत्र अवस्थामा यताउता भौतारी रहेका एक नेपाली श्रमिकलाई सुरेन्द्र महतोको पहलमा उद्दार गरि स्वदेश फर्काइएको छ ।
मलेसियास्थित नेपाली राजदूतावास , हेल्प मधेसी मलेसिया , प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) मलेसियालगायत अन्य विभिन्न संघसंस्था र ब्यक्तित्व हरुको सहयोगले महोत्तरी जिल्ला बलबा नगरपालिका हिरदुवा को बौएलाल मरार खत्वे लाई उद्दार गरि आज मिति सन् २०२४ फेब्रुअरी १३ तारिखको क्वालालम्पुर – काठमाडौं हवाई उडानमार्फत स्वदेश फर्काइएको युवा समाजसेवी साथै हेल्प मधेसी मलेशियाको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले जानकारी दिनुभयो ।
जानकारी अनुसार खत्वे १५ बर्ष पहिले मलेसियामा आएर बिगत १२ वर्ष देखि घरपरिवार सङ्ग सम्पर्क बिहिन भैइ अलपत्र परि यताउता बस्दै आइरहेको थियो। २३ नोभेम्बर २०२३ को दिन जोहरको मुहार बाट एक जना नेपाली श्रमिक छबिलाल बम्जनले बौएलाल मण्डलको बारेमा समाजसेवी महतो लाई जानकारी दिन्छ र उहाँ त्यति बेला बोल्ने सक्ने अवस्था नभएको र आफ्नो परिवारको बारेमा पनि भन्न् असक्षम भएको हुँदा उहाँको परिवार पत्ता लगाउन सुरु गरिएको थियो ।
खोजी कार्य गर्दै जादा उहाँको परिवार पत्ता लाग्यो र बौएलाल को कान्छी दिदी जनकपुर -२१ कुर्था निबासी मन्जु मण्डल सम्पर्कमा आई कुराकानी गरिन् र तत्पश्चात सत्य कुरा बुझ्दा बौएलाल मरार खत्वेको घर महोत्तरी बलबा नगरपालिकामा पर्ने हिरदुवा गाउँमा रहेको जानकारी प्राप्त भयो । आपसी घरायसी खिचातानीले र ऋनैऋणले थलिएका खत्वे अत्याधिक तनावले मानसिक र शारीरिक रुपमा हार खाएर मलेसियामै यताउता भौतारिरहेका थिए।
यता खत्वे सम्पर्क बिहिन भएर साहु महाजनले ऋण नतिरेको ले भए भरको जग्गा जमिन , घडेरी पनि लिलामी गर्यो र उहाको श्रीमती उहाको बाटो हेर्दा हेर्दा बर्षौ पछि पनि सम्पर्क न आएपछि बस्ने घडेरी पनि नभएकोले बाध्यता बस उ आफ्नो जीवन चलाउन अन्तै गएको खुल्नमा आएको छ ।
पीडित खत्वेलाई नेपाल फर्काउन आवश्यक पर्ने आर्थिक रकम समाजसेवी महतोले सामाजिक संजालमार्फत अभियान चलाई संकलन गरेर , नेपाली दूतावास , पिएनसिसि लगायतको सहयोगमा सबै प्रक्रिया पूरा गराइ स्वदेश फर्काइएको हो ।