फेब्रुअरी १० को सोनाम ल्होछार कार्यक्रम अराजक व्यक्तिहरूको कारण स्थगित भएको थियो: तामाङ घेदुङ मलेसिया।

क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ मलेसियाले आज बुधबार मलेसियामा आयोजित सोनाम ल्होछार कार्यक्रमसम्बन्धित प्रेस वक्तव्य जारी गरेका छन।

यहीँ फेब्रुअरी १० तारिख क्वालालम्पुरमा अवस्थित होटेल ग्रेण्ड कन्टिनेन्टलमा आयोजित मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम बिथोलिनु स्थगित हुनुको कारण कार्यक्रममा आएका अराजक ब्यक्तिहरु दोषी रहेको आरोपसहित घेदुङ मलेसियाका अध्यक्ष मिलन थिङ् द्वारा जारी बक्तव्यमा लेखिएको छ ।

हेर्नुहोस् घेदुङ मलेसियाले जारी गरेको प्रेस वक्तव्य

नेपाल तामाङ घेदुङ मलेसियाले विश्व भरी छरिएर रहेको तामाङहरु एक हौं हाम्रो धर्म, कला र संस्कृतिको जगेर्ना गरौं भन्ने मुल उद्देश्यको साथ मञ्जुश्री संवत २८६०औं मु डुक ल्हो सोनाम ल्होछार कार्यक्रम तथा बृहत साँस्कृतिक कार्यकम २०२४ मलेसियाको क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा फेब्रुरी १० तारीखको दिन आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम औपचारिकरुपमा संचालन सहज ढंगले सम्पन्न भएता पनि सांस्कृतिक कार्यकम शुरु भए लगतै केहि अराजक व्यक्तिहरुले कार्यकम विथोल्ने हेतुले कार्यकम स्थलमा हो-हल्ला र होटल म्यानेजमेन्ट, सुरक्षा कार्मी माथी अभद्र व्यवहार गर्न थाले पछि हामीले कार्यक्रम स्थगित गर्न बाध्य भएका थियौं । स्थगीत भए पश्चात हामीले विभिन्न सामाजिक संजालमा घेदुङ प्रति देखाएको अराजक प्रतिकृयाहरुको घोर आपति जनाएका थियौं। संस्थाले गर्दै आएको कार्यक्रमको मर्म नबुझी अनावश्यक टिका टिप्पणी नगरी दिनु हुन पनि घेदुङ मलेसिया हार्दिक अनुरोध गर्दछौं ।

त्यसै गरि हामीले कार्यक्रम गर्दै गर्दा हामीले नसोचेको दर्शक उपस्थित हुनु र दर्शकबाट होटल म्यानेजमेन्टमा परेको असर प्रति नेपाल तामाङ घेदुङ मलेसिया क्षमा याचना गर्दछौं । साथै हामीले आयोजना गरेको कार्यक्रममा जोहोर, मलका, पेनाङ लगायत टाढाबाट उपस्थित भएर पनि कार्यक्रम मनाउन नपाएका तमाम ल्होछार प्रेमीहरुमा पनि क्षमा प्रार्थी छौं ।

पहिलो दिन कार्यक्रम स्थगित भए पनि नेपाल तामाङ घेदुङ मलेसियाको आपत्कालीन बैठकबाट दोस्रो दिन कार्यकम गर्न सफल भयौं। कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने नेपाल राजदुतावास मलेसिया, मुख्य प्रायोजक, सहप्रायोजकहरु, सहयोगीहरु, मिडिया पार्टनरहरु लगायत उपस्थित सम्पुर्ण ल्होछार प्रेमी दर्शक महानुभवहरुमा नेपाल तामाङ घेदुङ मलेसिया परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।