प्रेमको नाटक गरेर धोका दिनेलाई गायिका समीक्षा अधिकारीले दिइन् भ्यालेन्टाइन्सको शुभकामना।

काठमाडौं := आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । भ्यालेन्टाइन्स डे नेपालसंगै विश्वभरै मनाउने गरिन्छ। नयाँ मायाप्रेम जोडी मात्रै नभई विवाह भएका युवायुवतीहरूले पनि यो दिनलाई विशेष दिनको रूपमा लिन्छन् ।

गायिका समीक्षा अधिकारीले भने एक दिन भन्दा पनि मनैदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूका लागि ३६५ दिनै प्रेम दिवस भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा शुभ–कामना पोस्ट गर्दै प्रेमको नाटक गरेर अर्कोको जिन्दगी र मनसँग खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै–धेरै शुभ–कामना भनेकी छन् ।

स्मरण रहोस् केहि बर्ष पहिले गायिका समीक्षा अधिकारी र नायक पल शाहबीच प्रेमको चर्चा खुब चलेको थियो । प्रेमका बीच भएको यौन सम्पर्क र त्यसपछि समिक्षाले पाएको धोकाले मुद्दा समेत चलेर नायक पलले जेल जीवन बिताउनु परेको सर्वविदित्तै छ ।