मलेसियामा दर्शक बढी भएर विभिन्न रस्साकस्सीको बीच पनि ल्होछार कार्यक्रम सम्पन्न।

क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ मलेसियाद्वारा आयोजित मञ्जुश्री संवत् २८६० सोनाम ल्होछार तथा बृहत साँस्कृतिक कार्यक्रम अन्ततः विभिन्न रस्साकस्सीको बीच सम्पन्न भएको छ।

मलेसियामाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टलमा नेपाली राज दूतावास मलेसियाका महामहिम राजदुत डिल्ली राज पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता घेदुङ मलेसियाको अध्यक्ष मिलन थिङ तामाङले गरेका थिए।

त्यस्तै होटल ग्राण्ड काण्टिनेन्टलमा भएको कार्यक्रम औपचारिक समापन भए सँगै हल क्षेमता भन्दा अत्याधिक धेरै दर्शक भए पछि कार्यक्रम आकस्मिक रुपमा रद्ध भएको थियो। कार्यक्रम हलको क्षमता ७०० जनाको भएको र कार्यक्रममा २ हजार भन्दा बढी दर्शकको उपस्थित भएको कारण कार्यक्रम स्थगित भएको आयोजक संस्थाको भनाइ थियो ।

कार्यक्रम रद्ध भए पछि घेदुङ मलेसियाको अध्यक्ष मिलन थिङ तामाङले उपस्थित सबै ल्होछार प्रेमीहरुलाई धन्यवाद दिदैँ कार्यक्रम सफल मनाउन नसके पछि क्षमा,माफी मागेका थिए।

त्यस्तै कार्यक्रम रद्ध भएपछि घेदुङ मलेसिया कार्यसमितिले आपतकालीन निर्णय गर्दै पुनः ११ तारिख उपयुक्त ठाउँ खोजेर कार्यक्रम गर्ने निर्णय पछि हिमालय फूटबल क्लबका अध्यक्ष सन्तोष कार्की सँग समन्वय गरेर हल ब्यबस्थापन गरे पछि मलेसियाको साहालाम स्थित प्यानसोनिक स्टडियममा कार्यक्रम गर्न सहमति पए पश्चात् कार्यक्रम सब्य र भब्यताको साथ सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकार सुरेश लामा,बुद्ध लामा, रेश्मा बोम्जन लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति दिएका थिए।

त्यस्तै उक्त कार्यक्रमका घेदुङ मलेसियाको निर्णय अनुसार यश बर्ष पनि बिगतको बर्षहरुमा झैं श्रमित हितको लागि श्रम मुखी कार्य गर्दै आएको श्रमिकको लागि श्रमजिवी कार्यक्रम गर्न सफल संस्था प्रवासी नेपाली मञ्च मलेसिया र खेल कुद क्षेत्रमा योगदान पुर्‍याउने आर टि एफ सी क्लबको अध्यक्ष राजु तामाङ लाई घेदुङ मलेसिया ले सम्मान गरेका थिए।

कार्यक्रम सपामन गर्दै अध्यक्ष मिलन थिङ तामाङ ले मुख्य प्रायोजक,सह-प्रायोजक सबै सहयोगीहरु दोस्रो दिन कार्यक्रम गर्न हल ब्यबस्थापनमा सहयोग गर्नुहुने सबै प्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।