क्वालालम्पुर := मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपालले माल्दिभ्सको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुदै छ ।
नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालले यसअघि हङकङ र भुटानमाथि ८–८ विकेटको जित हासिल गरेको थियो । त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो ।



















