काठमाडौं:= आईसीसी यू–१९ विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारतले ४३.५ ओभरमा अलआउट हुँदै मात्र १७४ रन बनाउन सक्यो ।
भारतका लागि आदर्श सिंहले ७७ बलमा एक छक्का र चार चौकासहित ४७ रन बनाए । त्यस्तै मुरुगन पेरुमल अभिषेकले ४२, मुशीर खानले २२ रन बनाए । अष्ट्रेलियाका लागि महली बर्डम्यान र राफेल म्याकमिलनले तीन तीन विकेट लिए ।
चार्ली एन्डरसनले एक विकेट लिए । नत्यसअघि ब्याटिङ गरेको अष्ट्रेलियालेले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रन बनाएका थिए ।
त्यस्तै कप्तान ह्युज वेइबगेनले ४८ रन, ह्यारी डिक्सनले ४२ र ओलिभर पिकले ४६ रनको योगदान दिए भारतका लागि राज लिम्बानीले ३ र नमन तिवारीले २ विकेट लिए।अष्ट्रेलियाले चौथो पटक यू१९ विश्वकपको उपाधि जितेको हो ।



















