मुम्बई:= ऋतिक रोशनको फिल्म ‘फाइटर’ ठूलो पर्दामा आएको छ । समीक्षकदेखि दर्शकसम्म फिल्मको तारिफ भइरहेको छ । फाइटरमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्शन निकै रुचाइएको छ ।
फाइटरको अग्रिम बुकिङले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनित यस फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ । जसमा फाइटरले पहिलो दिनमा राम्रो सुरुवात गरेका छन् ।
तर, २०२३ का धेरै ठूला फिल्मको तुलनामा फाइटरको ओपनिङ भने सानो रहेको छ। सैकनिल्ककाअनुसार ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको फिल्म फाइटरले पहिलो दिन २५ करोडको ओपनिङ गरेको छ ।
यी वर्तमान अनुमानित तथ्याङ्क हुन्, जुन भविष्यमा परिवर्तन हुन सक्छन् । तर, यस्तो अवस्थामा ऋतिक रोशनको अघिल्लो एक्शन फिल्म वार र ब्याङ ब्याङको तुलनामा फाइटरको ओपनिङ सानो मानिएको छ ।



















