काठमाडौं := चलचित्र ‘जिग्री’को तीन फरक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राख्दै चलचित्र फागुन ४ गते सिनेमाघरमा आउने जानकारी गराएको हो। कमेडी-क्राइम-एक्सन-ड्रामाको मिश्रण रहेको चलचित्र ‘जिग्री’लाई आकाश मगरले निर्देशन गर्नुभएको हो ।
चलचित्रमा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशीलराज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारीलगायतको अभिनय छ ।
सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहनुभएको छ । चलचित्रमा छायांकन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, संगीत सुवास पौडेल र भाष्कर स्वाँर, काष्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको छ ।



















