काठमाडौं:= ‘पुजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा गायक गायिका प्रकाश सपुत र शान्ति श्री परियारले स्वर दिनुभएको छ ।
चलचित्र निर्देशक दिनेश राउतले गायक सपुतसँगको फोटो शेयर गर्दै गीत रेकर्डिङ भएको जानकारी गराउनुभएको हो । लोक शैलीमा तयार हुँदै गरेको सो गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज रहेको राउतले जानकारी दिनुभयो ।
अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने चलचित्रमा अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बूको प्रमुख भूमिकामा अभिनय गर्दैहुनुहुन्छ ।
राउतले ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’लगायत चलचित्रमा निर्देशन गर्नुभएको छ । माघको मध्यबाट छायांकन सुरु हुने यो चलचित्रमा विकास सुवेदीको लेखन छ । चलचित्र किंगडम नेटवर्कको ब्यानरमा बन्न लागेको हो ।



















