मलेसियाका नेपाली राजदूत डिल्लीराज पौडेल र बोर्डका निर्देशक उप्रेतीविरूद्ध अख्तियारमा उजुरी।

क्वालालम्पुर (मलेसिया):= पछिल्लो समय मलेसियामा राजदूत नियुक्त भएर आउनुभएका मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल बारम्बार एकपछि अर्को विवादमा फस्दै गएका छ्न । तिव्र विवादकै बीच राजदूत डिल्लीराज पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ।

एनआरएनएको नेतृत्वमा मलेसियामा रहेका विभिन्न राजनीतिक दलका संगठनहरूले राजदूत पौडेल विरूद्ध उजुरी हालेका हुन। आफ्नो अख्तियारीबाट बाहिर गएर राजदूत पौडेलले वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिक हकहित विरूद्ध काम गरेको उनीहरूको आरोप छ।

गत डिसेम्बर २३ तारिखमा मलेसियाको निजी कम्पनी फरेन वर्कर वेलफेयर म्यानेजमेन्ट सेन्टर (FWWMC) र  वैदेशिक रोजगार बोर्डबीच एक संम्झौता भएको थियो , जसमा मलेसिया काम गर्न जाने कामदारहरू सँग ४५ अमेरिकी डलर सेन्टरले लिन पाउनु पर्ने उल्लेख थियो।


मलेसिया जाने कामदारसँग थप आर्थिकभार पारेको भन्दै आफूहरूले अख्तियारमा राजदूत पौडेलसँगै बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतिविरूद्ध उजुरी हालेको एनआरएन एसिया प्रशान्त क्षेत्रिय संयोजक हरि भट्टराइले जानकारी दिए।

बोर्ड र राजदूत मिलेर गरिएको यो सम्झौता खारेज गर्न उनले माग गरे। यो सम्झौता त्रृटिपूर्ण रहेको र मलेसियामा रहेका आम नेपाली श्रमिकलाई भार पर्ने कुनै पनि सम्झौता मान्न नसकिने प्रवासी नेपाली एकता समाज (पानस) का पूर्व अध्यक्ष योगेन्द्र कुँवरले जानकारी दिए।

कुनै विदेशी वा निजी संघसंस्थालाई यस्तो अनुमति दिनु अघि मन्त्रिपरिषदबाट स्विकृति दिनुपर्नेमा त्यो पनि नभइ षड्यन्त्रपूर्वक यस्तो संम्झौता गरिएको भन्दै मलेसियामा रहेका नेपाली संघसंस्थाले आपत्ति जनाएका छन्।

त्यस्तै मलेसिया-नेपालबीचको सरकारी श्रम सम्झौता बिपरित अर्थात दुई देशबीचमा हुँदै नभएको कुनै पनि सम्झौतामा मलेसियाले सहमति जनाउन नसकिने मलेसिया सरकारले यसअघिनै बताईसकेका छ्न ।

समाचार सेतोपाटी डटकम बाट साभार गरिएको हो ।

 

advertise