माल्टा पठाउँछु भनेर ४३ लाख रुपैयाँ ठगेको आरोपमा मायादेवी राना पक्राउ।

काठमाडौं := वैदेशिक रोजगारीको लागि माल्टा पठाउँछु भनेर ठगि गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ ।

काठमाडौँको स्वयम्भू बस्ने ३० वर्षीया मायादेवी रानाले माल्टा पठाउने सपना देखाएर ४३ लाख रुपैयाँ ठगेको आरोप छ । पाल्पा निवासी उनलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए ।

पाल्पाको बग्नासकाली गाउँपालिका–१ घर भएकी मायादेवीले दीपक राज कँडेल समेतलाई माल्टामा १ लाख ५० हजार कमाई हुन्छ भनेर प्रतिव्यक्ति ८ लाख मागेकी थिइन् । ४३ लाख रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएकी हुन् । आरोपीलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।