मलेसियामा आन्दोलित नेपालीहरु त्रिपक्षीय सम्मन्वय,सम्झौता पश्चात् पुनः काममा फर्किए।

[ तिलोचन गौतम ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली दूतावास , एनआरएनए मलेसिया लगायतको समन्वयमा मलेसियाको पुचुङमा रेहेको (PT swift marketing sdn bhd) कम्पनिमा कार्यरत आन्दोलनरत नेपाली कामदारहरु काममा फर्किने भएका छ्न ।

दूतावास र एनआरएनएको रोहवरमा दूतावास रोजगारदाता कम्पनी र कामदारबीच भएको त्रीपक्षिय वार्तामा सम्झौता पश्चात् कामदारहरु पुनः काम मा फर्किएको दूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरिले मलाया खबरलाई जानकारी दिए ।

एकसय भन्दा बढी नेपाली युवा र युवती कामदारहरु पुरानो बानेश्वर बत्तिसपुतली स्थित Rhythm overseas manpower र kabeli human resource manpower मार्फत नेपाली रु. ३ देखि ३ लाख ५० हजारसम्म लगानी पैसा तिरेर पुचुङमा अवस्थित सो कम्पनिमा काम गर्न आएका थिए ।

यहाँ मलेसियामा आईसके पश्चात् कामदारहरु माथी रोजगार दाता कम्पनीले अभद्र व्यवहार गर्ने गरेको र बेतुकमा स्वदेश फिर्ता गरिदेने धम्की दिएको साथै क्षमता भन्दा बडि काम लगाएको आरोप लगाउदै गत सोमबार दूतावास पुगेका कामदार लाई रोजगार दाताले अभद्र व्यबहार नगरेको र काममा पनि केही हद सम्म सजिलो पार्छु भन्ने मौखिक सम्झौताका आधारमा कामदार हरु काममा फर्किएका थिए ।

तर उक्त मौखिक सम्झौता पश्चात् पनि पुनःरोजगार दाता कम्पनीले अभद्र व्यवहार गरेको कम्पनिले भनेको जति काम गर्न नसक्दा श्रमिकले पाउने मासिक पारिश्रमिक समेत जथाभावी कटौती गर्ने गरेको भन्दै आन्दोलित कामदार न्याय माग्दै आज मिति सन् २०२४ जनवरी १६ तारिख नेपाली राजदुतावास पुगेका थिए।

जानकारी अनुसार खानको लागि प्रयोग हुने चराको गुड बनाउने उक्त कम्पनीमा पहिले जनही कार्यसमय भित्र १९० ग्राम पुर्याउनुपर्ने थियो कुनैपनी तरिकाले काम गर्दा समेत कम्पनिको टार्गेट पुर्याउन नसकिने कार्यभार दिएको भन्दै जनही कार्यसमय भित्र १३० ग्राम टार्गेट पुर्याउनुपर्ने रोजगारदाताले अभद्र व्यवहार नगर्ने सर्त सहित आज दुतावासको सभाहलमा रोजगारदाता कम्पनीका एचआर म्यानेजर , दूतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य , प्रथम सचिव बलिराम प्रसाद धामी , द्धितिय सचिव प्रेम बहादुर बुढथापा , श्रमसंचारी , दिलिप श्रेष्ठ , जनसम्पर्क अधिकृत जय प्रकाश गिरी, आन्दोलित श्रमिकहरु र गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा , उपाध्यक्ष हेमराज साप्कोटा ,पत्रकार कृष्ण गुप्ता लगाएतको उपस्थितिमा पुनः मौखिक सम्झौता गरि कामदार हरु काम मा फर्किएको जनसम्पर्क अधिकृत गिरिले मलाया खबरलाई बताए ।

आगामी दिनमा अझै पनि पटक-पटक भएका दुव्र्यवहार र अन्तर्राष्ट्रिय श्रम नियम बिपरित ,दुई देश बिच भएको श्रम सम्झौता बिपरित गर्नुपरिरहेको काम ,विभिन्न खाल्का मानसिक टर्चर दिएमा कामदार लाई जे गर्दा पनि हुन्छ भन्ने बुझाइ रोजगारदाता कम्पनीको रहेमा नेपालको वैदेशिक रोजगार बिभागमा र मलेसियास्थित लेवर कोर्टमा समेत उजुर गर्ने दूतावास ले बताएका छ्न ।