मलेसियाको पेनाङमा रहेका नेपाली ब्यावसायी पवन राईको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा बिगत लामो समयदेखि मलेसियामा रेष्टुरेन्ट,होटेल ब्यावसाय गर्दै आएका एक नेपाली ब्यावसायीको मृत्यु भएको छ ।

बिगत दुई दशकदेखि पेनाङ राज्यको कोमटारमा सितल होटेल संचालन गर्दै आएका संखुवासभा निवासी ४६ बर्षिय पवन राईको आज मिति सन् २०२४ जनवरी ८ तारिख सोमबारको बिहान मृत्यु भएको पेनाङमै बस्ने एक नेपाली कामदारले नाम नखुलाउने सर्तमा मलाया खबरलाई जानकारी दिए ।

जानकारी अनुसार राई बिगत कैयौं दिनदेखि बिरामी अवस्थामा रहेका थिए । बिहान मृत् अवस्था मा भेटिदा राईको मुख बाट रगत निस्किएको देखिएको तर के कारणले मृत्यु भएको खुल्न नसकेको ती नेपाली कामदारले बताए ।

हाल मृतकको शवलाई पोस्टमार्टमको लागि अस्पतालमा लगिएको र पोस्टमार्टम सकिए पश्चात् मलेसियास्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायको सहयोग समन्वयमा मृतकको शवलाई अन्तिम दाहसंस्कारको लागि नेपाल पठाइने दूतावासका जनसम्पर्क अधिकृत जय गिरिले बताए ।