क्वालालम्पुर (मलेसिया):= प्रवासी नेपाली एकता समाज (पानस) मलेसियाको दोस्रो अधिवेशन तथा श्रमिकसंग भेटघाट, अन्तरकृया कार्यक्रम भब्यताको साथ सम्पन्न भएकोछ ।
यहीँ मिति सन् २०२४ जनवरी ७ तारिख आईतवार क्वालालम्पुरको होटेल ग्रेण्ड कन्टिनेन्टलमा आयोजित उक्त कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन , बिशेष अतिथि नेपाली राजदूतावास मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेल लगायत राप्रपाका कैयौं नेता हरु र मलेसियामा स्थापित विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी र नेपाली श्रमिकहरुको उल्लेख्य सहभागीतामा सम्पन्न भएको हो ।

दोस्रो अधिवेशन र अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्न मलेसिया आईपुग्नु भएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य सत्तामा रहेका पार्टीहरु अब कि सचिनु पर्यो नत्र कि अब सकिनु पर्यो भन्नुभयो । कार्यक्रममा अध्यक्ष लिङ्देनले ३० बर्ष देखि नेपालको राजनीतिमा अग्रणी स्थान ओगटेर रहेका र राज्य सत्ता सम्हालीरहेको पार्टी नेतृत्वले देशको बिकार गर्नुको साट्टो आफ्नो ब्यक्तिगत बिकासका लागि भ्रष्टचारमा तल्लिन रहेकोले यी पार्टी नेतृत्व सचिनु पर्ने नत्र सकिनु पर्ने अवस्था रहेको बताउनु भयो ।

राजतन्त्रमा खोलिएका उद्योग कलकारखानाहरु ब्यवस्था परिवर्तनको बहानामा निजिकरण गरि सबै सिध्याएको छ। ३०/४० हजारको लागि घर परिवरलाई छोडेर वैदेशिक रोजगारीमा पलायन हुनु पर्ने अवस्था यिनै पार्टी नेतृत्वले बनाएको हो । अहिले भएका सबै ठुला भ्रष्टचारहरुमा यिनै पार्टी नेतृत्व मिलेमतोमा भईरहेकोछ । यिनिहरुको र यिनिहरुको आफ्न्तहरुको सम्पत्ति छानबिन गरि जफत गरिनु पर्छ । “भ्रष्टचार गरेर खानु आफ्नै आमाको रगत खानु सरह हो” तेसैले भ्रष्टचार उन्मुलन गरि देश बिकास गर्न राप्रपालाई साथ दिन अध्यक्ष लिङ्देनले आग्रह गर्नु भयो ।


करिबकरिब ३ करोड जनसंख्या भएको देशमा ६० हजार जनप्रतिनिधि रहेकोछ । सबैको तलव, भत्ता र सुविधाको लागि देशको ढुकुटि रित्तिएकोछ । यस्तो ब्यवस्था परिवर्तन नगेर देश श्रीलंका बन्ने बताउदै प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री, अभिभागत्वरुपमा राजा ल्याउनु पर्ने र प्रदेश सरकार खारेज गर्नु पर्ने अध्यक्ष लिङ्देनले बताउनु भयो । २०८४ सम्म पर्खने समय नभएको बताउदै अहिले नै नसचिएर अन्य पार्टीको राजनीति सकिने छ । राप्रपाले देशको नेतृत्व गर्ने अध्यक्ष लिङ्देनले दाबी गर्नु भयो ।
मन्तव्यको क्रममा मलेसियाको वैदेशिक रोजगारीमा आउन नेपालमा गरेको स्वस्थ्य परिक्षण पुन: मलेसिया आएर किन गर्नु पर्ने ? मलेसियामा स्वास्थ्य परिक्षण फेल भएर नेपाल फर्किनु पर्ने आखिर् किन र के का लागि ? भन्ने प्रश्न गर्दै यस बारे मलेसियाका नेपाली राजदुतलाई ध्यानाकर्षण गराउनु भयो । साथै मलेसियामा बिरामी परेर नेपाल फर्कनु पर्ने भिसा बिहिन नेपाली लगायत विभिन्न कारण अवैधानिक भएका नेपालीले पनि तुरुन्तै स्वदेश फर्कन पाउने ब्यवस्था मिलाउन पनि राजदुतलाई अध्यक्ष लिङ्देनले ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रमका बिशेष अतिथि नेपाली राजदूतावासका महामहिम राजदूत डिल्लीराज पौडेलले दोस्रो अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो।

दोस्रो अधिवेशनबाट सुभद्रा लिङ्देनको अध्यक्षतामा प्रवासी नेपाली एकता समाज (पानस) मलेसियामा नयाँ जम्बो कार्यसमिति समेत निर्वाचित भएका छ्न । त्यस्तै उक्त कार्यक्रममा नेपाली आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष बिपिन राईले राप्रपा मलेसियालाई शुभकामना मन्तव्य दिनुको साथै राप्रपा ले नेपाली जनता र विदेशमा रहेका नेपालीको लागि उत्कृष्ट कार्य गर्न ध्यानाकर्षण गराउनुभयो ।
साथै कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराई , एनआरएनए केन्द्रिय उपाध्यक्ष खगेन्द्र न्यौपाने लगायतले पनि आफ्नो तर्फबाट राप्रपा मलेसियालाई शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन स्थानीय कलाकारहरुले नृत्य समेत पस्केका थिए ।




















