‘मिस अर्थ २०२३’ को ताज अल्बानियाकी द्रिता जिरीले जितिन्।

एजेन्सी:= ‘मिस अर्थ २०२३’ को ताज अल्बानियाकी द्रिता जिरीले चुम्न सफल हुनुभएको छ । भियतनामको होचिमिन्ह सहरमा सम्पन्न प्रतियोगितामा ८४ प्रतियोगीलाई पछि पार्दै उहाँले उक्त उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।

प्रतियोगितामा फिलिपिन्सकी एलना अदुआना फस्ट रनर अप र ‘मिस अर्थ एयर’ घोषित हुँदा भियतनामकी दोथी लाना सेकेण्ड रनर अप बन्दै ‘मिस अर्थ वाटर’ बन्न सफल हुनुभयो । प्रतियोगितामा थर्ड रनर अप र ‘मिस अर्थ फायर’ को उपाधि थाइल्याण्डकी कोरा ब्लिअल्टले चुम्न सफल हुनुभयो ।

यो वर्ष प्रतियोगितामा ८५ देशको सहभागिता थियो । प्रतियोगितामा बार्बाडियन गायक शोन्टेल, भियतनामी गायक जेकी, मोनो र सारा लुउले प्रस्तुति दिनुभएको थियो । नेपालबाट सहभागी ‘मिस नेपाल अर्थ २०२३’ रेना मजगैयाँ अन्तिम २० मा पनि पुग्न सक्नुभएन ।