एजेन्सी:= प्रख्यात भारतीय युट्युबर र मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध आफ्नी श्रीमतीमाथि कुटपिट गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ।
नोएडाका डीसीपी हरिशचन्द्रले बीबीसीसँग कुरा गर्दै यसको पुष्टि गरेका छन् । नोएडा प्रहरीले यी भिडियोहरूको पनि अनुसन्धान भइरहेको जनाएको छ। विवेक बिन्द्राले हालै बिहे गरेका हुन् । विवेकका सालो दिएको उजुरीको आधारमा यो मुद्दा दर्ता गरिएको हो ।
विवेक बिन्द्राले ६ डिसेम्बरमा विवाह गरेका थिए । श्रीमतीमाथि कुटपिटको यो घटना डिसेम्बर ७ तारिखको भएको बताइएको छ । यसलाई हेर्दा उनले विवाह गरेको भोलि पल्टै श्रीमतीमाथि कुटपिट गरेको देखिन्छ ।
सामाजिक सञ्जालमा घटनासँग सम्बन्धित कयौं भिडियोहरू सेयर भइरहेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार बिन्द्राबाट यी आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। विवेक बिन्द्रा एक प्रसिद्ध युट्युबर र एक ठुलो व्यापारको सीईओ हुन् ।
पछिल्लो समय बिन्द्रा जातीय टिप्पणीलाई लिएर पनि विवादमा छन् । विवेक विन्द्रा एक सफल व्यावसायिक प्रशिक्षक र प्रेरक वक्ता हुन् । उनले लाखौं मानिसलाई सकारात्मक बन्न प्रेरित गर्ने गरेका छन् ।



















