[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासको विशेष सहयोग समन्वयमा आर्थिक बर्ष २०८०/८१ को साउन महिनादेखि यस् पौष मसान्तसम्म अर्थात सन २०२३ जुलाई १९ तारिखदेखि यस् डिसेम्बर अन्तिम महिनासम्म मलेसियाको घर फिर्ती केन्द्रमा रहेका १२५ जना नेपालीलाई स्वदेश फर्काएका छ्न ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहि विभिन्न कारणबँस मलेसियाली अध्य्यागमन बिभाग (इमिग्रेशन) द्वारा पक्राउ परेर स्वदेश फर्किनलाई घर फिर्ती केन्द्रमा पर्खाइमा रहेका आर्थिक बर्ष २०८०/८१ पौष मसान्तसम्म मा १२५ जना नेपाली कामदारलाई सकुशल स्वदेश फिर्ता पठाइएको नेपाली राजदूतावासका प्रथम सचिव एवम् कानुन , उद्दार तथा अध्यागमन शाखा प्रमुख बलिराम प्रसाद धामीले बताए ।
ति नेपाली हरु स्वदेश फर्किनलाई आवश्यक पर्ने हवाई टिकट चाहिँ दूतावाससंगै हिमालय एयरलाइन्स , प्रवासी नेपाली मञ्च लगायतले हवाई टिकट उपलब्ध गराएर सहयोग गरिरहेका छ्न ।
त्यस्तै श्रमिकलाई चाहिने हवाई टिकटसंगै अन्य कामको लागि मलेसियामा स्थापित विभिन्न संघसंस्था जस्तैः नेपाली जनसम्पर्क समिति , नेपाल आदिवासी जनजाती महासंघ , जनउद्दार केन्द्र , एनआरएनए मलेसिया लगायत अन्य कैयौं जातीय गैरजातीय , सामाजिक राजनीतिक संघसंस्था हरु ले पनि आवश्यक आर्थिक भौतिक सहयोग समन्वय गर्दै आइरहेको प्रथम सचिव धामीले बताए ।
मलेसियामा अहिले पनि करिब ४ लाख भन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत छ्न । अन्य देशको भन्दा मलेसियामा रहेको नेपाली नियोग दूतावासले यहाँ कार्यरत श्रमिकमाथी भैइपरि कुनै समस्या आएको खण्डमा दूतावास लाई जानकारी हुनासाथ बिशेष चासोको साथ सहयोग समन्वय गर्दै आएका छ्न् ।




















