राजदूत पौडेल र प्रवासी नेपाली मञ्चबीच भेटवार्ता सम्पन्न, के – के भए छलफल ?

[ दिनेश खड्का’खप्तडि’ ] 

क्वालालम्पुर (मलेसिया):= नेपाल कम्युनिष्ट पार्टी  (एमाले) पार्टीको प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसिया र नेपाली राजदूतावास मलेसियाका राजदुत महामहिम डिल्लीराज पौडेलबिच बिहिवार भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा मलेसियामा श्रम गर्दै आएका नेपालीले कुनै कारणबस जेल सजाय पाईसकिएर आर्थिक विपन्नताको कारण घर फर्किन नसक्ने अवस्थामा रहेका पीडित र मलेसियामा अस्वस्थ रहेर पनि उपचार गराउन आर्थिकमा कम्जोर रहेका नेपाली श्रमिक पिडितलाई आफ्नो देश नेपालमा फर्काउनको लागि प्रवासी नेपाली मञ्च मलेसियाले आवश्यक सहयोग र समस्याको समाधान गर्दै आएको स्मरण गराउदै आगामि दिनमा पनि राजदूतावासको समन्वयमा थप प्रभावकारी बनाउने प्रतिवद्धता सहित तिन बुँदे अनुरोध माग राख्दै राजदूत महामहिम पौडेललाई जानकारी पत्र बुझाईएको मञ्चका सचिव कृष्ण खडकाले बताए।‌

यसैगरी सो भेटघाटमा राजदूत पौडेललाई प्रवासी नेपाली मञ्चको दोस्रो राष्ट्रिय अधिबेशनबाट निर्वाचित कार्यसमितिको आधिकारिक रूपमा जनाकारी समेत गराइएको छ।

उक्त छलफलमा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, पुर्व अध्यक्ष एव सल्लाहकार सेर बहादुर गुरुङ, सचिव कृष्ण खडका, राष्ट्रिय कमिटी सदस्य सुर्य बहादुर कुवँर, राष्ट्रिय कमिटी सदस्य राज कुमार श्रेष्ठ, पत्रकार सविन लोप्चन लगायतको सहभागीता रहेको थियो।

आज भन्दा करिव तिन महिना अगाडी मलेसियामा भएको एक कार्यक्रमलाई सम्वोधन गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालले आर्थिक रुपमा समस्या परेका स्वदेश फर्किन चाहाने नेपाली बास्तबिक पिडितलाई बार्षिक साठी वटा हवाई टिकट नेपाली राजदूतावासको समन्वयमा उपलब्ध गराउने घोषणा गरेका थिए।

यस्तै प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खडकाको सयुक्त हस्ताक्षरमा प्रतिबद्धता जानकारी सहित मन्चले दुतावासलाई तिन बुँदे अनुरोध पत्रमा उल्लेख गरियका मागहरु यस्ता छन्।

१) जेल परेका पीडितको सम्बन्धमा कम्तिमा पनि १ पटक ट्राभल डकुमेन्ट जारी भएर पनि हवाई टिकटको व्यवस्था कहि कतैबाट पनि हुन नसकेको अवस्था हुनु पर्नेछ ।

२)कुनै कारणबस अवैधानिक भई बसोबास गरिरहेका नेपाली नागरिक अस्वस्थ्य भई आर्थिक अभावका कारण उपचार गर्न/गराउन नसक्ने अवस्थाका पीडित घरफिर्ती हुन चाहेको अवस्था हुनु पर्नेछ ।

-सर्त १ र २ को हकमा नेपाल राजदूतवासले आवश्यक कागजात पूर्ण रुपमा निःशूल्क जारी गरेको हुनु पर्नेछ ।

३)उपरोक्त सर्तहरु प्रमाणित हुने गरिको कागजात सहित हवाई टिकट माग गरिदिन हुन प्रवासी नेपाली मञ्चलाई हार्दिक अनुरोध गरि पठाउने ।

यो समाचार तयार पार्दासम्म राजदूतावासको समन्वयमा प्रवासी नेपाली मञ्च मलेसियाले १८ जना पीडित नेपाली कामदारहरुलाई हवाई टिकट उपलव्ध गराईसकेको छ।