[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई टिभी रोग लागेर पीडित भएका एक नेपाली श्रमिकको उद्दार गरि स्वदेश फर्काइएको छ ।
आरटीएफसी (RTFC) फुटबल क्लब मलेसियाको सदस्यहरु र क्लबका अध्यक्ष एवम् गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको युवा संयोजक समाजसेवी नेपाली ब्यावसायी राजु तामाङको आर्थिक भौतिक सहयोग समन्वयमा नेपाल ठेगाना सोनापुर १ सुनसरी निवासी नेपाली श्रमिक लुजाइ सरदारको उद्दार गरि स्वदेश फर्काइएको हो ।
सरदार बिगत ९ बर्षदेखि मलेसियामा अवैधानिक हैसियतमा कार्यरत रहेका थिए । एकदिन अच्चानक सरदारले “म बिरामी छु,रोग लागेको छ , मेरो उद्दार गरिदिनुपर्यो र नेपाल फर्काइदिनुपर्यो , बरु म नेपाल फर्केर आफ्नो रोगको उपचार गराउछु” भन्दै युवा संयोजक तामाङको सम्पर्कमा आएका थिए ।
पीडित श्रमिक सरदार नेपाल फर्कन आवश्यक पर्ने ट्राभल डकुमेन्ट लगायत अवैधानिक बसेबापत अध्यागमन बिभाग इमिग्रेशनलाई तिर्नुपर्ने जरिवाना रकम मध्यमा आरएम २२०० रिंगेट आरटीएफसीका सदस्यहरुले संकलन गरेको र अन्य बाँकी सबै खर्च रकम युवा संयोजक तामाङ आफैंले तिरिदिएर सरदारलाई स्वदेश फर्कन सहयोग गरेका हुन ।
श्रमिक सरदार आज साझ ०६:१० बजे मलेसिया क्वालालम्पुरदेखि काठमाडौं सम्म भएको मालिन्डो एयरलाइन्समार्फत स्वदेश फर्किएका हुन् । आरटीएफसी क्लब मलेसियामा केहि समय पहिले मात्रै स्थापित नेपाली क्लब हुन ।
आरटीएफसी क्लबले मलेसियामा छोटो समयमै राम्रो ख्यातिप्राप्त गरेको छ । क्लबले र क्लबका अध्यक्ष तामाङले यहाँ मलेसियामा आयोजना हुने फुटबल खेलहरुमा सहभागी भएर खेल्ने र जित्नेदेखि लिएर भैइपरि आएको खण्डमा नेपाली पीडित श्रमिक हरु लाई सक्दो आर्थिक भौतिक सहयोग समेत गर्दै आएका छ्न ।




















