पछिल्लो समयसम्म गाजापट्टीमा इजराइली हमलामा मृत्युु हुने प्यालेस्टिनीहरूको संख्या १५ हजार ५२३ पुग्यो।

गाजा:= गत अक्टोबर ७ देखि पछिल्लो समयसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको संख्या १५ हजार ५२३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रालयका प्रवक्ता असरफ अल-किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाहरू प्रभावित हुँदा प्यालेस्टिनी परिसरमा घाइते मानिसको संख्या ४१ हजारभन्दा बढी भएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्तरी गाजाका अस्पताल आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ भएकाले सयौं घाइतेको उपचार अत्यन्त सीमित चिकित्सा उपकरणबाट जमिनमा भइरहेको छ ।

उहाँले गाजापट्टीका सबै अस्पतालमा चिकित्सा रशैय्या क्षमताभन्दा बढी सेवा प्रवाह गर्नुपर्ने बाध्यताले गम्भीर रोगहरूको उपचार गर्न संशाधनको कमी रहेको बताउनुभयो । घाइतेहरूको उपचार विदेशमा गर्ने अनुमति दिने सुस्त व्यवस्थाको आलोचना गर्दै किद्राले इजराइल-हमास युद्ध सुरु भएपछि ४०३ जनालाई मात्र उपचारका लागि गाजापट्टी छाड्ने अनुमति दिइएको उल्लेख गर्नुभयो ।

चिकित्सा आपूर्ति, औषधि र इन्धनको प्रवाह सुनिश्चित गर्न सुरक्षित मानवीय मार्गको माग दोहोर्‍याउँदै उहाँले घाइते र रोगीहरूलाई सहज उपचारका लागि विदेश जान अनुमति दिन आग्रह गर्नुभयो । रासस/सिन्हृवा