क्वालालम्पुर ( मलेसिया ):= थारु कल्याणकारीणि सभा मलेसियाले दशैँ , तिहार तथा छठ पर्वकाे अवसर पारेर आईतबार मलेसियाकाे क्वालालम्पुरमा थारु समुदायसंगको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकोे छ ।
वैदेशिक रोजगारीको सिलसिलामा यहाँ मलेसियाका बिभिन्न प्रान्तमा बसोबास गरि बिभिन्न कम्पनीमा काम गरिरहेका थारुहरुलाई एकजुट गरी एकता कायम गर्ने उद्धेश्यले कार्यक्रमकाे आयाेजना गरिएको हाे । कार्यक्रममा ८५ जना थारु हरुकाे सहभागिता रहेकाे थियाे । थाकस मलेसियाले जोहोर राज्यमा पुनः क्षेत्रिया समिति गठनको लागि तदर्थ समिति पनि गठन गरेकोे छ ।

भगत थारुकाे अध्यक्षतामा ११ सदस्यीय जाेहर बारु क्षेत्रिय कमिटी तदर्थ समिति गठन गरेकोे हाे । जाेहरबारु तदर्थ कमिटिमा उपाध्यक्षमा मनाेज माझी, सचिवमा चन्दन चाैधरी, सहसचिवमा रञ्जित चाैधरी र काेषाध्यक्षमा सन्जय चाैधरी चुनिएका छन । त्यसैगरी सदस्यमा जय नारायण चाैधरी, अनिल चाैधरी, पारस चाैधरी, दिनेश चाैधरी र सुनिता थिङ्ग चाैधरी रहेका छन ।
अब केहि दिनपछि समयअनुकुल मिलाएर जोहोरमा अधिवेशन गरिने तयारी भैइरहेको र सोही अधिवेशन बाट नयाँ कमिटी निर्वाचित गरिने थाकस क्वालालम्पुर केन्द्रिय अध्यक्ष मनिराम थारुले बताए ।
तिहार तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रमले थारु एकतालाई मजबुत बनाउन थप बल पुगेको सहभागिहरुले बताए । थारु कल्याणकारीणी सभा मलेसियाले अप्ठेरोमा परेका नेपालीको उद्भार गर्नुका साथै बिभिन्न सचेतना मूलक कार्यक्रम समेत गर्दै अाएकाे छ ।

थाकस मलेसियाका अध्यक्ष मनिराम थारुकाे अध्यक्षतामा भएको कार्यक्रममा काेषाध्यक्ष रमेश कुमार पजियार थारु, बरिष्ठ सल्लाहकार प्रजेश थारु र सहकाेषाध्यक्ष आशिष चाैधरीले संस्थाकाे पुष्ठ भुमि तथा अाैचित्यकाे बारेमा बताउनु भएको थियाे ।
थाकस मलेसियाका सहसचिव सुनिता माझीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमकाे सहजिकरण थाकस मलेसियाका प्रेस संयाेजक जुद्ध चाैधरीले गरेका थिए । कार्यक्रममा बिविध साँस्कृतिक कार्यक्रम समेत गरिएको थियाे । थाकस मलेसियामा सन् २०१६ सालदेखिनै स्थापना भएर निरन्तर सामाजिक कार्य गर्दै आएका छ्न ।




















