छेदबिछेद शरीर र मन बोकेर”
घर ढलेर घर बिहिन बनेकाहरुले “”
परिवार गुमाएर परिवार बिहिन बनेकाहरुले ”
पीडा भएकाहरुले ”
अभाव खेपेकाहरुले
,सन्त्रास बोकेकाहरुले
झस्किरहने मन समातेर
खै यसरी त के मनाउला !
तिहार मेरो गाउले !
हामी हुनु नपर्ने सबथोक भएका छौ।
“सबैतिर शोकले सताएको छ
शोक नभएकाहरुलाई भोकले सताउदै छ”
गुन्जिदैनन होला देउसी र भैलोका भाकाहरु!
घन्किदैनन होला पैसेरु र सिङ्गारुका मादलहरु!
बरु म पर देशबाट यत्ती अनुमान गर्न सक्छु।
गुन्जिएछन भने केही भाकाहरु”
जहान गुमाएर स्तब्ध बनेको घरमा ।
बिछोड बियोगको रुवाइले घर नै गुन्ज्यामन हुनेछ
घन्किएका थिए भने केही मादलका जस्तै लाग्ने धुनहरु
ती पक्कै सिङ्गो गाउले 26 जना गुमाउदा घाटमा लगिदै
गर्दा बजाइएका उल्टो बाजा थिए।
केहि आत्तिएका जस्ता!
केही तर्सिएका जस्ता !
केही पर्खिएजस्ता !
कतै हेरिरहे जस्ता!
होस नै उडेकाहरुले खै कसरी मनाउथे र तिहार!
सरुगाढ र नल्सिङगाड धमिलो छन।
छेडाखोला झुप्रेखोलाहरु धमिलो छन।।
सिङ्गो ठुलोभेरि र सानिभेरिमा
बर्षादको भेल भन्दापनी बढी
मान्छेको रगतले आहालित बनेको छ ।
रगत बगेकाहरुले खै कसरी पो मनाउन तिहार”
बरु”
नुनिला आखाले सरकारलाइ गुहार्छन ।
पत्रकारलाइ बेदना पोख्छन!
कलाकारहरुसङ्ग आँसु बगाउछन ।
नेता र पार्टिहरुलाइ भक्कानिएर कराउछन।
हो यस्तै यस्तै छ हाम्रो।
तिहार !
✍️तिलक बिष्ट जाजरकोट ( हाल : मलेसिया )