काठमाडौं := फिफा विश्वकप छनोट खेल अन्तर्गतको दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्दैछ । समूहमा नेपालसँगै युएई, बहराइन र यमन छन्। दोस्रो चरणको छनोट आगामी सातादेखि सुरू हुदै छ ।छनोटको पहिलो खेलमा नेपालले युएईसँग खेल्दैछ।
नेपाल र युएईबीचको खेल कात्तिक ३० मा हुनेछ। यो खेल युएईको दुबईमा हुनेछ। युएईसँग खेलेको पाँच दिनमा नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ।
युएईसँगको खेललगत्तै नेपाल समूहको दोस्रो खेल खेल्न स्वदेश फर्किनेछ । यो समूहमा नेपाल, युएई, यमन र बहराइन छन् । पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेका हुन् । यता, युएई र बहराइनले भने फिफा वरियताको आधारमा सिधै दोस्रो चरणमा स्थान बनाएका थिए ।



















