मलेसियास्थित नेपाली दूतावासद्वारा शुभकामना व्यक्त, नोभेम्बर ११ देखी १३ तारिखसम्म बन्द।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावास र महामहिम राजदूत डिल्लीराज पौडेलले  नेपाली हिन्दु धर्मावलम्बीहरूको अर्को ठूलो महान राष्ट्रिय चाडपर्व दिपावली, छठ तथा न्यु दया भिन्तुनाको पावन अवसरमा शुभकामना वक्तव्य जारी गरेका छ्न ।

दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सूचना सार्वजनिक गर्दै लेखेका छ्न , “नेपालीहरूको महान चाडपर्व दिपावली, छठ तथा न्यु दया भिन्तुनाको पावन अवसरमा नेपाल लगायत मलेसिया, ब्रुनाइ, फिलिपिन्स, ईन्डोनिया र पूर्वी टिमोरमा विभिन्न पेशा, व्यवसाय तथा कामको सिलसिलामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा नेपाली राजदूताबास, क्वालालम्पुर हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।”

साथै तिहारको अवसरमा यहीँ मिति २०८० कार्तिक २७ र २९ गते अर्थात सन् २०२३ नोभेम्बर ११ तारिख शनिबारदेखी १३ तारिख सोमनाथसम्म दिपावली तथा भाईटिकाको शुभ अवसरमा यस राजदूताबासको सम्पूर्ण कन्सुलर सेवाहरू बन्द रहने समेत दूतावास ले जनाएको छ ।

साथै दूतावासले यस् विदाको अवधीभरमा नेपाली श्रमिकलाई कुनै आपतकालिन सेवाको लागि राजदूताबासको हटलाइन सम्पर्क नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्न सकिने बताएका छ्न ।

advertise