काठमाडौं := इटहरीकी पृथ्वीया थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि चुम्नुभएको छ । काठमाडौंमा सम्पन्न प्रतियोगितामा लेखापरीक्षक थापाले मुख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । उहाँले उपाधिसँगै एक स्कुटर पनि प्राप्त गर्नुभएको छ । थापाले आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।
प्रतियोगितामा सिर्जना केसी मिसेस नेपाल इन्टरनेसनल र पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपविजेता बन्नुभयो । उहाँले एक टेलिभिजन सेट तथा सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभएको छ ।
यस्तै सीता सुवेदी एमएस नेपाल इन्टरनेसनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस अवार्डको विजेता हुनुभयो । उहाँले एक थान ओभनका साथ सिंगापुरमा हुने एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । विजेताहरूलाई मिसेस वर्ल्ड २०२२ सरगम कौशलले ताज पहिर्याउनुभएको थियो । समारोहमा नेपालकै प्रथम नायिका भुवनचन्द थापालाई मानार्थ मिसेस नेपाल वल्र्ड तथा मुस्कान खातुनलाई विशेष सम्मान गरिएको थियो ।
प्रतियोगितामा आइना गजुरेल फस्र्ट रनर्सअपका साथमा वेस्ट र्याम्पवाक, निशा विष्ट सेकेण्ड रनर्सअप, सरु आरएल राणा थर्ड रनर्सअपका साथमा फेसन आइकन र आयुष्मा राई पब्लिक च्वाइस अवार्डका साथमा भ्युअर्स च्वाइस हुनुभएको थियो । यस्तै, पुनम श्रेष्ठ रिलायाबल डाइग्नोस्टिक मस्ट डिसिप्लेन, रेखा सिंह रायमाझी नेपाल टुरिजम बोर्ड मिसेस टुरिजम एम्बेसडर, मिना भट्टराई नेपाल टेलिकम मल्टी मिडिया च्वाइस अवार्ड, ज्ञानेश्वरी श्रेष्ठ फेसबुक च्वाइस अवार्ड, उत्सुकता नकर्मी ए र एस डेन्टल बेस्ट स्माइल, सलोनी श्रेष्ठ वाव बेस्ट हेयर, जेनी खड्का एन प्रोफेसनल ब्युटी विथ कम्प्याक्सन, मंगली सिलवाल फ्लाइटेक इन्टरनेसनल बेस्ट डान्स, कोमल लामा सेटाफिल मस्ट डिसिप्लेन्ड बेस्ट स्किन, पविन श्रेष्ठ ओखती मिसेस कन्जिनियालिटी, रेखा विष्ट आसम बेस्ट पर्सनालिटी र देवी थापा गुरुङ मिसलिन बेस्ट फिजिक उपउपाधि विजेता हुनुभएको थियो ।
प्रतियोगितामा सौन्दर्य प्रतियोगिता संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारी, नेपाल प्रहरीकी एआइजिपी डा. आशा सिंह, मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल, अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र अभिनेत्री सरिता लामिछाने निर्णायक टोलीमा हुनुहुन्थ्यो ।
रिबन इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगिता असम र युथ वेद सहप्रायोजक रहेका थिए । अश्विनीकान्त झाको कोरियोग्राफी, सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजन रहेको थियो । गत वर्ष मिसेस नेपाल वर्ल्डमा दीक्षा केसी र मिसेस नेपाल इन्टरनेसनलमा अभिनेत्री उषा रजकले उपाधि आफ्नो पोल्टामा पार्नुभएको थियो