एजेन्सी:= १८-३४ वर्ष उमेर समूहका अष्ट्रेलियन युवा जुवातासको लतमा रहेको सरकारी तथ्यांकले देखाएको छ । संघीय सरकारको एजेन्सीमा रहेको अष्ट्रेलियाली जुवा अनुसन्धान केन्द्र अष्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस)ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो ।
१८-३४ वर्षका अष्ट्रेलियन युवा सबै प्रकारका जुवामा एक महिनामा औसत एक हजार ४५३ अष्ट्रेलियाली डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो । यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ । सिन्ह्वा ।




















