[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा बिरामी भैइ उपचाररत स्वदेश फर्किने तयारीमा रहेका एक नेपाली श्रमिकलाई जोहोरमा अवस्थित ट्राभल एजेन्सी “यति वाल्क ट्राभल एण्ड टुर्स एसडिएन बिएचडी” (YETI WALK TRAVEL AND TOURS SDN BHD ) ले हवाई टिकट सहयोग गरेको छ ।
बिगत कैयौं बर्षदेखि अवैधानिक हैसियतमा रहि एक ठाउँबाट अर्को ठाउँमा भाग्दै लुक्दै मलेसियामा काम गर्दै आएका नुवाकोट निवासी नेपाली श्रमिक बिर बहादुर तामाङ पछिल्लो केहि महिनादेखि बिरामी भैइ थला परेर स्वदेश फर्किन पाउँ भनि छटपटाउँदै सहयोगको लागि विभिन्न संघसंस्था र व्यक्तिहरुसंग हारगुहार मागेका थिए ।

सोही अनुरुप मलेसियास्थित नेपाली राजदूतावास गैर आवासीय नेपाली संघ (एनआरएनए) जोहोर क्षेत्रीय समितिको सहयोग समन्वयमा स्वदेश फर्किने अन्तिम तयारीमा रहेका छ्न श्रमिक बिर बहादुर तामाङ ।
मलेसियाबाट फर्किएर आफ्नै देशमा थप उपचार गराउन सहज होस् भनि स्वदेश फर्किने पर्खाइमा रहेको र हवाई टिकट किन्ने पैसा अभाव भैइरहेको बेला बिर बहादुर तामाङलाई यति वाल्क ट्राभलको संचालक कृष्ण बहादुर केसीले हवाई टिकट उपलब्ध गराई सहयोग गरेको एनआरएनए जोहोर क्षेत्रीय समितिका सचिव छविलाल गिरिले बताए ।
यति वाल्क ट्राभल एण्ड टुर्स एसडिएन बिएचडी जोहोरबाट संचालन हुँदै आएको छ । यस् ट्राभल एजेन्सीबाट ग्राहकहरुले अन्य ट्राभल एजेन्सी भन्दा सस्तो र सर्वसुलभ दरमा हवाई टिकट खरिद गर्दै आएको इतिहास छ ।
साथै यति वाल्क ट्राभलले प्रचारप्रसार नगरेतापनी यस् भन्दा पहिले पनि टिकट अभाव झेलिरहेका र स्वदेश फर्किन नपाएका कैयौं नेपाली श्रमिकलाई ट्राभल एजेन्सीको तर्फबाट हवाई टिकट उपलब्ध गराई सहयोग गर्दै आएको छ ।
ट्राभल एजेन्सीले बिर बहादुर तामङलाई गरेको हवाई टिकट सहयोग प्रति एनआरएनए जोहोर क्षेत्रीय समिति लगायतले धन्यवादसंगै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित कृतज्ञता व्यक्त गरेका छ्न ।



















