मलेसियास्थित नेपाली राजदूतावासद्वारा शुभकामना व्यक्त, अक्टोबर २३ र २४ तारिख बन्द रहने।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावास र महामहिम राजदूत डिल्लीराज पौडेलले नेपाली हिन्दु धर्मावलम्बीहरूको महान चाड बडादशैंको पावन अवसरमा शुभकामना वक्तव्य जारी गरेका छ्न ।

“नेपाल लगायत मलेसिया, ब्रुनाइ, फिलिपिन्स, ईन्डोनिया र पूर्वी टिमोरमा विभिन्न पेशा, व्यवसाय तथा कामको सिलसिलामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा नेपाली राजदूताबास, क्वालालम्पुर हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।” भनेर आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी वक्तव्यमा उल्लेख गरेका छन् ।

साथै यहीँ मिति २०८० कार्तिक ६ र ७ गते अर्थात सन् २०२३ अक्टोबर २३ र २४ तारिख सोमबार र मंगलबारको दिन परेको नवरात्री तथा विजयादशमीको शुभ अवसरमा यस राजदूताबासको सम्पूर्ण कन्सुलर सेवाहरू बन्द रहने दूतावासले जनाएका छ्न ।

साथै दूतावासले यस् विदाको अवधीभरमा नेपाली श्रमिकलाई कुनै आपतकालिन सेवाको लागि राजदूताबासको हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्न सकिने बताएका छ्न ।

मलेसियास्थित नेपाली राजदूतावासद्वारा जारी शुभकामना वक्तव्य ।