‘मिसेस नेपाल कल्चर २०२३’ को ताज डा. ओजस्वी शेरचनलाई।

काठमाडौं := ‘मिसेस नेपाल कल्चर २०२३’ डा. ओजस्वी शेरचन घोषित हुनुभएको छ । ३५ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि आफ्नो पोल्टामा पार्नुभएकी उहाँले पब्लिक च्वाइस विधाको समेत उपाधि हात पार्नुभएको थियो । डा. ओजस्वीलाई प्रतियोगिताका ब्राण्ड एम्बेसडर प्रथम मिस नेपाल रुवी राणाले ताज पहि¥याउनुभएको थियो ।

काठमाडौंमा एक कार्यक्रमका बीच आयोजित प्रतियोगितामा डा. अंकिता ठाकुरले फस्ट रनर अपसँंगै डाइनामिक विधाको अवार्ड आफ्नो पोल्टामा पार्दा सुष्मा बस्नेतले सेकेण्ड रनर अपको उपाधि चुम्नुभयो । थर्ड रनरअप श्रेया ढुंगानाले उपाधि जित्दा फोर्थ रनर अपको उपाधि निरा तामाङले हासिल गर्नुभयो ।

निराले इन्टिलेक्चुयल विधागत उपाधिसमेत आफ्नो भागमा पार्नुभयो । विजेता सबैले उपाधिको साथमा मिना बजार र यचु हेयर ओयलबाट एक्सक्लुसिभ गिफ्ट प्राप्त गरेका थिए । ‘फेसनलाई भन्दा मौलिकता र ग्ल्यामरलाई भन्दा शालीनता’ले प्रतियोगितामा प्राथमिकता पाएको आयोजक युजिशा इन्टरनेसनल इभेन्ट्सका इभेन्ट म्यानेजर सानु खानले बताउनुभयो ।

अन्यभन्दा भिन्न तवरबाट आयोजना भएको प्रतियोगितामा ‘ट्यालेन्ट विधा’मा सुलोचना श्रेष्ठ जोशी विजेता बन्दा सुजाता खनाल फस्ट रनर अप तथा अनु फुँयाल सेकेण्ड रनर अप चयन हुनुभयो । त्यस्तै पब्लिक च्वाइस फस्ट रनर अप अनिता संग्रौला भेटवाल बन्नुभएको थियो । अनिताले पर्सनालिटी विधाको अवार्ड हात पार्नुभयो ।

भ्युअर च्वाइसतर्फ पंकज अधिकारी विजेता बन्दा शुभद्रा गौतम फस्ट रनर अप बन्नुभयो । म्यानेजमेन्ट च्वाइसतर्फ रेखा यादव, फोटोजेनिकमा ऋचा पराजुली, कन्जिनियालिटीमा लक्ष्मी झा, एलेगेन्समा अर्चना अमात्य, डिलिजेन्टमा तुलसा पन्त, डिसेन्टमा कल्पना श्रेष्ठ, एक्टिभमा समी पौडेल, इनोसेन्समा दुर्गाकुमारी रावल र इन्थिजियास्टिकमा ललिता डंगोल हुनुहुन्छ ।

फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यको कोरियोग्राफी तथा सञ्चालन रहेको प्रतियोगितामा ‘मिस नेपाल २००५’ सुगरिका केसी, ‘मिसेस हेरिटेज इन्टरनेसनल नेपाल २०१९’ दुर्गा विसुराल, मिडियाकर्मी एवं समाचार प्रस्तोता मनोज जोशी, पर्यटन एवं एभिसियन क्षेत्रका संगीता रौनियार तथा खाल्डा एड इन्टरनेसनलका नेपाल प्रतिनिधि रिम्पल सिंह निर्णायक रहनुभएको थियो ।