एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक (RC) पदका बलिया उम्मेदवार भट्टराईको जताततै चर्चा।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसिको ११औं महाधिवेशन र गैर आवासीय एनआरएनए विश्व सम्मेलन आउन अब केहि दिन मात्रै बाँकी छ्न। महाधिवेशनमा विभिन्न देशहरुबाट उम्मेदवारी दिने तयारी गरेका उम्मेदवार हरु विश्वभर भेटघाट तथा छलफलमा व्यस्त रहेको देख्न सकिन्छ ।

मलेसियाबाट पनि ११औं महाधिवेशनमा उम्मेदवारीकै तयारीमा रहनुभएका एक चर्चित उम्मेदवार हुन हरिप्रसाद भट्टराई । यतिबेला भट्टराईको चर्चा विश्व एनआरएनए माझ चुलिएको छ ।

एनआरएनए एसिया प्यासिफिक क्षेत्रका उप-संयोजक (DRC) एवम् एनआरएनए एसिया प्यासिफिक क्षेत्रका संयोजक (RC) पदका प्रत्याशी उम्मेदवार हरिप्रसाद भट्टराईको नाम आरसीको लागि अग्र स्थानमा रहेको र अहिलेको माहोल हेर्दा महाधिवेशनमा भट्टराईको जीत हुने सुनिश्चित देखिएको एनआरएनए अभियान्ताहरुको भनाइ रहेको छ ।

आउँदो महाधिवेशनमा आरसी पदमा जापानबाट २ जना उम्मेदवारले उम्मेदवारी घोषणा गरेका छ्न , त्यस्तै चीनबाट १ जना र मलेसियाबाट १ जना उम्मेदवार भट्टराईलाई गरि आरसी पदमा जम्मा ४ जनाले उम्मेदवारी घोषणा गरेका छ्न ।

एसिया क्षेत्रभित्रका ९ वटा राष्ट्र, देशबाट महाधिवेशन प्रतिनिधि क्रमशः जापानबाट २०२ जना , चीनबाट ३४ जना , मलेसियाबाट १७१ , कोरियाबाट १७० , थाइल्यान्ड ३३ , कम्बोडिया १९ , मकाओ २५ , हङकङ ७३ र मेनमाबाट ५ जना गरि जम्मा ७२१ जना महाधिवेशन प्रतिनिधि (भोटर) छनोट भएका छ्न ।

जसमध्य सबैभन्दा धेरै जापानबाट रहेको जम्मा भोट २०२ मध्यमा ४०% भोट भट्टराईले पाउने आङकलन गरिएको छ । कोरिया , थाइल्यान्ड , कम्बोडिया लगायत अन्य एसियाभित्र पर्ने देशबाट पनि राम्रै समर्थन पाईरहेको भट्टराईको कर्मथलो मलेसियानै रहेकोले मलेसियाको सबै भोट भट्टराईले पाउने बलियो सम्भावना रहेको अभियान्ताहरुको भनाइ छ ।

आरसी पदका उम्मेदवार हरिप्रसाद भट्टराई ।

भट्टराई एनआरएनए एनसिसि मलेसियाको अध्यक्ष भएको बेलादेखि अहिले डिआरसी सम्म आईपुग्दा पनि मलेसियामा रहेका नेपाली श्रमिकको भलाइको निम्ति उदाहरणीय कार्यहरु गर्दै आएका छ्न ।भट्टराईले यहाँ मलेसियामा विभिन्न समस्या र पिडामा रहेका नेपाली लाई सक्दो आर्थिक र भौतिक सहयोग गर्दै आईरहेको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएकोछ। गैर आवासीय विश्व सम्मेलनमा विश्वभरिका ८० वटा भन्दा बढी विभिन्न देशबाट ४ हजार २ सय भन्दा बढी एनआरएनका प्रतिनिधि, भोटरहरु सहभागी हुँदैछन् ।