समिर आचार्य र शान्तिश्री परियारको स्वर रहेको ‘माया हो’ म्युजिक भिडियो सार्वजनिक।

काठमाडौं := गायक समिर आचार्य र चर्चित गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माया हो’ बोलको गीतमा गायक आचार्यकै संगीत र राम अविरल बिष्टको शब्द रहेको छ ।

सुरेन्द्र मल्ल ठकुरी (एसएम)को कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पुस्कर दाहाल र विमला खुजुम लिम्बु फिचर्ड छन् । पूर्वी धनकुटामा छायाकंन गरिएको यस गीतको भिडियोमा देव दोर्जे लामाको छायांकन छ ।