कोल्हबी := थारु कल्याणकारीणी सभा जिल्ला कार्य समिती बाराको नवौं जिल्ला अधिवेशनको उदघाटनसत्र कोल्हबि नगरपालिका वडा नम्बर.२ मा रहेको होटेल मिस्टिक तराईमा सम्पन्न भएको छ।
था.क.स जिल्ला कार्य समिति बाराका सभापति रामप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि था क स का केन्द्रिय सदस्य हृदयनारायण चौधरीले पानसमा बति बालेर कार्यक्रमलाइ उदघाटन गर्नु भएको थियो। कार्यक्रममा बिशिष्ट अतिथिहरु पुर्व सभासद दिलमाया धामी थारु अगुवा गिरधारी चौधरी ,श्रीदेवि चौधरी ,श्यमा देवि चौधरी , महेन्द्र चौधरी ,रबिन्द्र पनुहर, लक्ष्मी कान्त प्यारेलाल, हरेक नगरका सभापति ,गाउ इकाई सभापति लगाएत जिल्ला भरिका थारु ब्यतित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सन्चालन था.क.स जिल्ला कार्य समिती सचिब यादब चन्द्र चौधरीले गर्नु भएको थियो।कार्यक्रमको समापन था.क.स जिल्ला अध्यक्ष राम प्रसाद चौधरीले गर्नु भएको थियो।
था.क.स बाराको आज हुने नयाँ पदाधिकारी चयनका लागि आज शनिवार बिहान १०:०० बजे होटल मिस्टिक तराईमा बन्द सत्र हुने आयोजकको भनाई रहेको छ। पहिलो प्राथमिकतामा सकेसम्म सहमतिको प्रयास हुने नभए निर्वाचन प्रक्रिया अनुरुप नयाँ पधाधिकारी चयन गरिने आयोजकको भनाई रहेको छ।





















