१० लाख ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ।

काठमाडौं := अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् एआईजी दीपक थापाले जानकारी दिए ।

चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले १० लाख ठगी गरेको दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेकाे हाे ।

उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो। तर उनले अटेरी गरेपछि पक्राउ गरेकाे एआईजी थापाले बताए ।

जानकारी अनुसार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो ।