एनआरएनए एनसिसि मलेसिया र क्षेत्रीय समिति जोहोरबीच विवाद चुलियो !

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसिको ११औं महाधिवेशन नजिकिएसंगै गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसि मलेसिया केन्द्र क्वालालम्पुर र क्षेत्रीय समिति जोहोरबीच विवाद चुलिएको छ ।

एनआरएनए आईसिसिको महाधिवेशनमा भोट गर्न पाउने भोटरहरुको नमावली आईसिसिले माग गरे बमोजिम एनसिसि केन्द्र मलेसियाले १७० जनाको नाम सहित उल्लेख गरेर पठाएको र सोही नमावलीप्रति आपत्ति जनाउदै एनआरएनए जोहोर क्षेत्रीय समितिले आईसिसि केन्द्रलाई छानबिन गरि पाउ भनी पत्राचार गरेसंगै एनआरएनए मलेसियाभित्र विवाद चुलिएको हो ।

एनआरएनए जोहोर क्षेत्रीय समितिले आईसिसि केन्द्रका तीनजना अध्यक्षद्धय रबिना थापा , बद्री केसी र कुल आचार्यलाई सम्बोधन गरेर लेखिएको उक्त पत्रमा भनिएको छ , “गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद आईसिसिको ११औं महाधिबेशन यहि अक्टोबर १७ देखि २० मा हुन गैरहेको कुरा सबैमा अवगत नै छ । जसका लागी बिभिन्न देशहरु बाट प्रतिनीधीहरु छनौट गरि नामावली पठाउने क्रममा मलेसिया बाट पठाईएका प्रतिनिधीहरु एन.आर.एन.ए मा कुनै योगदान नभएका केहि व्यक्तिको आडमा आधिकारिक रुपमा मलेसियामा रहेको एक मात्र क्षेत्रीय समितीलाई जानकारी नै नगरि गोप्य रुपमा आफ्नै मन खुशीले नामावली पठाईएको र मलेसिया मैं नभएका व्यक्तिहरुको समेत नामावली पठाएको पाईएको आरोप क्षेत्रीय समिति जोहोरले लगाएका छ्न ।

एनआरएनए क्षेत्रीय समिति जोहोरले आईसिसि केन्द्रलाई गरेको पत्राचार हेर्नुस्  ।

पत्रमा भनिएको छ , “बिगत लामो समय देखि एनआरएनएमा काम गरि आएका र वर्तमान कमिटीमा रहेका व्यक्तिहरुको समेत नामावली नआएको हुँदा यहाँ स्पष्ट केहि व्यक्तिको चलखेलमा आफ्नो नजिकको मान्छेको नामावली पठाईएको बुझिएको छ । यसबाट आउदै गरेको महाधिबेशन र निर्वाचनमा पक्कै पनि प्रभावित हुनेछ त्यसैले मलेसिया बाट पठाईएको प्रतिनिधीको नामावलीमा छानबिन र विधान अनुसार प्रतिनिधी छनौट गरियोस् भनि बिनम्र अनुरोध गर्दछौं ।” भनेर आईसिसिलाई पठाइएको पत्रमा उल्लेख छ ।

यता भोटर नमावली विवाद सम्बन्धमा एनआरएनए एनसिसि मलेसिया केन्द्रिय अध्यक्ष बिनोद थापाले मलाया खबरसंग फोन सम्पर्कमा कुरा गर्दै भने, “यो सबै अरु केहि नभएर मेरो एनसिसि मलेसियाको यो पल्टको कार्यकाल जसरी पनि असफल बनाउन लाई केहि समुहले क्षडयन्त्र गरिरहेको  आरोप लगाए ।”

अध्यक्ष थापाले भने , “एनआरएनए एनसिसि मलेसियामा अहिले सन् २०२३-२०२५ कार्यकालको नयाँ समितिमा पनि अधिकाँस जसो पहिले सन् २०२१ – २०२३ कार्यकालकै पदाधिकारी साथीहरु रहेको र तिनै सबै साथीहरुसंग संस्थागत सल्लाह गरेरै मलेसियाबाट आईसिसिको ११औं महाधिवेशनको लागि भोटरको नमावली अनुमोदन गरि पठाइएको बताए ।

११औं महाधिवेशनमा भोट हाल्न पाउने भोटरहरुको अन्तिम नमावली हेर्नुस् ।

अध्यक्ष थापाले भने , “आफुले आईसिसिको ११औं  महाधिवेशनमा भोट हाल्न पाउने भोटरहरुको नमावली अनुमोदन गर्नुभन्दा पहिले क्षेत्रीय समिति जोहोरको अध्यक्ष वेदना क्ष्रेष्ठसंग समन्वय सल्लाह गरेरै भोटरहरुको अन्तिम नमावली अनुमोदन गरेको र त्यसमा जोहोरको एनआरएनए सदस्यहरुलाई समेत समेटिएको दाबी अध्यक्ष थापाले गरे।” उनले भने जोहोर क्षेत्रीय समितिको अध्यक्ष बेदना क्ष्रेष्ठले केन्द्रलाई ५० जनाको नमावली पठाउनु भएको थियो , सोही नमावलीलाई समेटेर अनुमोदन गरौं भन्दा क्षेत्रीय समितिको अध्यक्ष ज्यु ले यहाँ क्षेत्रीय समितिको केहि एक दुईजना समितिका र सल्लाहकारहरुले हुन्न भनेर नमानेपछि भोटर लिस्टमा समेट्न नसकिएको अध्यक्ष थापाले स्पष्ट पार्नुभयो ।

साथै अध्यक्ष थापाले स्मरण गराउदै भने, आईसिसिको ११औं महाधिवेशनमा डेलिगेट्स (भोटर) बन्न एनआरएनए स्मार्ट एप्समार्फत निश्चित अवधी तोकेर अनलाइनमार्फत फारम भर्न सकिने सूचना जारी गरिएको थियो , त्यो सूचना हामीले समेत सार्वजनिक गरेका थियौं अब त्यतिबेला ज-जसले फारम भरे ती मध्यकै एनआरएनए सदस्य लगायत पदाधिकारीहरुको नमावली भोटर लिस्टमा समावेश गरिएको हो , सायद उहाँहरु मध्य कोहि कोहिले फारम भर्न छुटाउनु भएको होला , अथवा उहाँहरुले आवश्यक डकुमेन्ट उपलब्ध गराउन सक्नु भएन होला ? त्यसैले आईसिसिले नाम समावेश नगरेको होलान् अध्यक्ष थापाले बताए ।

एनआरएनए एनसिसि मलेसियाले सार्वजनिक गरेको सूचना हेर्नुस् ।

तर उता क्षेत्रीय समिति जोहोरका अध्यक्ष वेदना क्ष्रेष्ठले  केन्द्र क्वालालम्पुरको अध्यक्ष बिनोद थापा लगायत कसैले पनि यस् विषयमा आफूसंग र क्षेत्रीय समितिसंग केहि सल्लाह नै नगरेको र क्षेत्रीय समितिलाई भोटरको लागी नमावली पठाईदिन कुनै पत्राचार समेत नगरिएकोले हामीले पत्र नपाएको र त्यसबारे हामी सबै अनबिज्ञनै रहेको स्पष्ट पारेकी छिन् ।

त्यस्तै क्षेत्रीय समिति जोहोरका सचिव छविलाल गिरिले पनि एनआरएनए एनसिसि क्वालालम्पुरले हामी क्षेत्रीय समितिसंग कुनै किसिमको समन्वयनै नगरि आफ्नो मनोमानी ढंगले आईसिसि केन्द्रलाई भोटरहरुको नमावली अनुमोदन गरि पठाएको आरोप लगाउँदै यसमा हाम्रो घोर आपत्ती रहेको सचिव गिरिले बताए ।

साथै सचिव गिरिले भने, एनसिसि मलेसियाको अध्यक्ष थापाले हामी क्षेत्रीय समितिको साथीहरुलाई आईसिसिको ११औं महाधिवेशनबारे सम्झाएर बुझाएर आफू संगै डोर्याएर हातेमालो गर्दै हिड्नुको सट्टा आफ्नो मनोमानी गर्दै हिड्ने गरेको आरोप लगाए । यसले निकट भबिष्यमा संस्थाभित्र ठूलो दुर्घटना हुन सक्ने भन्दै अध्यक्ष थापाले सबैलाई मिलाएर लग्न सकिने अझै पनि समय रहेको भन्दै केन्द्रिय समितिको ध्यानाकर्षण गराए ।

एनआरएनए आइसीसीको ११औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ बर्ष सन् २०२३ को आगामी महिना अक्टोबरको १७ देखि २० अक्टोबरसम्म अर्थात नेपाली मिति यहीँ बर्ष २०८० असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

 

Advertise