ब्रुनाईमा रहेको नेपालीलाई सहयोगको निम्ति दूतावासद्वारा कन्सुलर सेवा संचालन हुँदै।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको आयोजनामा ब्रुनाईमा बसोबास गरिरहेको नेपाली श्रमिकलाई लक्षित गरि सहयोग र समन्वय हेतु कन्सुलर सेवा आयोजना हुने भएको छ ।

दूतावासले सार्वजनिक गरेको एक सूचना अनुसार सो कन्सुलर सेवा यहि मिति २०८० साल असोज २० र २१ गते तदनुसार सन् २०२३ अक्टोबर महिनाको ७ र ८ तारिख ब्रुनाईको ( British Army Camp, Seria, Brunei ) मा विहानको ९:३० बजे बेलुका ५ वजे सम्म सञ्चालन हुनेछ् ।

दूतावासले सार्वजनिक गरेको सूचनामा भनिएको छ , “ब्रुनाईमा रहनु भएका नेपाली नागरिकहरुलाई लक्षित गरी कन्सुलर सेवा कार्यक्रम संचालन हुदैछ। सो कार्यक्रममा सहभागी हुन चाहनेले तलको गुगल लिङ्कमा आफ्नो विवरण अनिवार्य भर्नुहुन अनुरोध छ।”
Click On This link and fill The Firm
तलको सूचनामा हेर्नुहोस् कन्सुलर सेवाबाट ब्रुनाईमा रहेको नेपालीले के के सेवा लिन सक्छ त ?