गैर-आवासीय नेपाली संघको अक्टोबरमा हुन लागेको ११ औं महाधिवेशनको तयारी भैरहदा संघ भित्र बाक्लो चहलपहल बडेको छ । एहि परिपेक्षमा संघका विभिन्न पदमा उम्मेद्बार दर्ता संगै आफ्नो पक्षमा मत संकलन गर्न आफ्ना भिजन एजेन्डा सहित विभिन्न देस दौडाहा चलिरहेको छ ।
एसिया प्यासिफिक क्षत्रीय संयोजक RC मा मलेसिया बाट उम्मेद्बारी घोषणा गरेका हरि भट्टराई एतिबेला थाइल्यान्ड हुदै जापान का विभिन्न सहर हरुमा आफ्ना एजेन्डा सहित जानुभएको छ । 2019/21 मा रास्ट्रीय संमन्वय परिषद मलेसियाको अध्यक्षको हुदै 2021/23 मा एसिया प्यासिफिक क्षत्रीय उप-संयोजक (DRC) रहेर काम गरिसकेका भट्टराईले 2023/25 को लागि एसिया प्यासिफिक क्षत्रीय संयोजक (RC) मा उम्मेद्बार दर्ता गराए संगै आफू एसियाली देशहरु भ्रमणमा निस्किएको उहाले बताउनुभयो ।

थाइल्यान्ड हुँदै जापान भ्रमणमा निस्किएका भट्टराई जापान रहदा त्यहाँ रहदै आएका गैर-आवासीय नेपाली साथीहरू विभिन्न संघ सस्थाका साथिहरु र जापानका विभिन्न सहर हरुमा रहेका क्षेत्रीय समिती हरुले भट्टराईलाई भब्य स्वागत गरेका छ्न । साथीहरूको सद्भावपुर्ण स्वागतले आफुमा हौसला र श्रमिकका साझा मुद्वा उपर काम गर्ने छुट्टै प्रेरणा मिलेको बताउदै आफ्ना एजेन्डा हरु सुनाउदै संघभित्रका साथीहरूलाई 2023/25 को RC मा भोट दिएर बिजय गराउन अपिल गर्नुभएको छ ।

जापान का ओसाका नागोया फुकोवका टोकियो लगाएतका सहर हरुमा अन्तरक्रीयात्मक कार्यक्रम गर्दै त्यहाँ रहेका साथीहरूका समस्या सुन्ने र आफ्ना भिजन एजेन्डाका बिसयमा छलफल गर्दै अन्य एसियाली देशहरुको भ्रमण गर्ने कार्यतालिका रहेको उहाले बताउनुभयो।




















