[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासको कार्यालय एकदिन बन्द रहने भएको छ ।
यहीँ मिति मिति २०८० साल असोज ११ गते तदानुसार सन् २८ सेप्टेम्बर २०२३ विहिवारको दिन (Prophet Muhammad’s Birthday) जन्म दिनको उपलक्ष्यमा मलेसियामा सार्वजनिक विदा भएकोले नेपाली राजदूतावास समेत उक्त दिन वन्द रहने दूतावासले एक सूचना सार्वजनिक गरि जानकारी दिएका हुन् ।
दूतावासले सार्वजनिक गरेको सूचनामा भनिएको छ , उक्त दिनमा कुनै नेपाली श्रमिकलाई गार्होसार्हो अप्ठ्यारो परेमा अथवा कुनै किसिमको आकस्मिक सहयोग चाहिएमा जरुरी सम्पर्कको लागि दूतावासको हटलाईन नं +६०१६२४७२७७७ मा सम्पर्क गर्न सकिनेछ ।
मलेसियामा हुने थप सार्वजनिक विदाको बारे जानकारी लिन तलको लिङ्कमा क्लिक गरेर हेर्न सकिनेछ ।
यसै लिङ्कमा क्लिक गरेर सार्वजनिक विदा बारे हेर्नुहोस र दूतावास कुन – कुन दिन बन्द हुन्छ जान्नुहोस् ।





















