काठमाडौं := बबिता श्रेष्ठको निर्देशन रहेको गीत ‘राजै’को भिडियो सार्वजनिक भएको छ । नेहार बुढाथोकीको शब्द, रेजिना रिमाल र नेहारकै स्वर रहेको गीतको भिडियोलाई राजेन्द्र पुरीले निर्माण गर्नुभएको हो ।
माया प्रेममा आधारित भिडियोमा सागर लम्साल ‘बले’, ललना चिमरिया, राजकुमार शाह, आर्यन पुडासैनी, दिपेश श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन छ । गीतको भिडियो प्रियसी म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।



















