क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) आईसिसिका कार्यकारी अध्यक्ष डा. बद्री केसी र एनआरएनए आइसीसीका युवा उपाध्यक्ष रोशन थापालाई गैर आवासीय नेपाली संघ (एआरएनए) एनसीसी मलेसियाले मलेसियामा भब्य स्वागत तथा छलफल सम्पन्न गरेको छ ।
अध्यक्ष डा.केसी र युवा उपाध्यक्ष थापाले गैर आसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद आईसिसिको आगामी अक्टोबर महिनामा हुने ११औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय विश्व गैर आवासीय सम्मेलनलाई लक्षित गर्दै शनिबार भेटघाट तथा छलफल सम्पन्न गरेका हुन ।

केसी र थापा गैर आसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद आईसिसिको आगामी महिना अक्टोबर महिनामा हुने संघको ११औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय आवासीय सम्मेलन हुने भए पछि उनीहरु एनआरएनए एनसीसी मलेसिया संग भेेटघाट तथा छलफलका लागि शनिबार मलेसिया आईपुगेका थिए ।

केसी अहिले पनि अध्यक्षनै हुन तर पुनः उनले आगामी २०२३-२०२५ कार्यकालको लागि एनआरएनए आइसीसीको अध्यक्ष पदको प्रत्याशी उम्मेदवार बनेर चुनावी मैदानमा उठ्न लागेका हुन्। भने थापा पनि पुनः एनआरएनए आइसीसीको युवा उपाध्यक्षका प्रत्याशी उमेदवार बनेर उठन लागेका हुन ।
उनीहरु दुवै जनालाई मलेसिया आउने क्रममा मलेसियाको केयलआईए विमानस्थलदेखिनै एनआरएनए एनसीसी मलेसियाले डा. बद्री केसी र रोशन थापालाई एनआरएनए एनसीसी मलेसियाको आफ्नो कार्यालयमा ल्याएर भब्य स्वागत तथा छलफल गरेका हुन् ।

उक्त एनआरएनए एनसीसी मलेसिया संगको भेेटघाट तथा छलफल कार्यक्रममा एनसीसी मलेसियाका संस्थापक अध्यक्ष तथा अहिलेका संरक्षक शंकर बहादुर पौडेल, बर्तमान एआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, बरिष्ठ उपाध्यक्ष इन्द्र नारायण लिम्बु, त्यस्तै प्रथम उपाध्यक्ष राकेश महतो, उपाध्यक्ष हेमराज सापकोटा , रन्जीत क्षेत्री, दिल कुमार केरुङ र संघका महासचिव टिकाराम अधिकारी लगायतको उपस्थित रहेको थियो ।
त्यस्तै संघको कोषाध्यक्ष बलध्वज लिम्बु, युवा संयोजक राजु तामाङ, सदस्य शेर बहादुर गुरुङ, बिजय मण्डल, त्यसैगरी आईसीसी सदस्य नेत्र केसी, अनुमोदन गरिएका आईसीसी सदस्य संतोष कार्की, र राजनीतिक दलका प्रवासी नेपाली राष्ट्रिय मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, प्रवाशी नेपाली एकता समाज मलेशियाका अध्यक्ष योगेन्द्र कुवर, पीएनसीसीका संयोजक मक्षेन्द्र चापागाई, लगायत मलेसियामा रहेका क्रियाशील सञ्चारकर्मी मलाया खबर मलेसियाका सम्पादक घनश्याम चौधरी (आरएन थारु) बारा दैनिकका कृष्ण गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

विगत लामो समय देखि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा लागेका केसी एनआरएनए आसीसीका कार्यकारी अध्यक्ष समालीरहेका केसी (ILO) ले प्रदान गरेको सहयोग रकमको संयोजकत्व गरिरहेको बेला एनआरएनए एनसिसि मलेसियालाई करिबकरिब आरएम ५० हजार बराबरको ठुलो आर्थिक सहयोग गरेको र आगामी दिनहरुमा पनि यस्तै सहयोग पुर्याउने बाचा सहित बिशेष भेटघाट तथा छलफल सम्पन्न भएको एनआरएनए मलेसियाको अध्यक्ष बिनोद थापाले बताए ।
त्यसैगरी उक्त भेेटघाट कार्यक्रममा केसीले आईसिसिको आउँदो महाधिवेशनबाट आफू पुनः अध्यक्ष बनेर एनआरएनए लगायत विश्वभर रहेका नेपाली श्रमिकको सेवा गर्ने इच्छा जाहेर गर्दै आफू लाई जिताउन सहयोगको याचना गर्नुभएको थियो । अध्यक्ष केसीसंग मलेसिया आउनुभएको अर्का अतिथि रोशन थापाले आफु पनि पुनः एनआरएनए आइसीसीको युवा उपाध्यक्ष पदमै दोहोरीने इच्छा रहेको बताएका छन् ।
थापाले आफुलाई युवा उपाध्यक्षमा दोहोर्याउन धेरै एनआरएनए अभियन्ताहरु सकारात्मक देखिएपछि आफ्नो एनआरएनए आइसीसीको युवा उपाध्यक्षमा दोहोरीने इच्छा जगेको र आफुलाई एनआरएनएका अग्रज अभियान्ताहरुले साथ सयोग गर्ने प्रतिबद्धता पनि दिएको बताएका छन् ।
थापा एनआरएनए ताम्जिनियाको दुई कार्यकाल अध्यक्ष समाल्दै उनले एनआरएनए अफ्रिकी क्षेत्रको संयोजक हुदै एनआरएनए आइसीसी युवा उपाध्यक्ष समालि सकेका थाापा पुन एनआरएनएको युवा उपाध्यक्षमा दोहोरीने तयारी गरेका हुन् ।
उनीहरु एनआरएनए एनसीसी मलेसिया संगको भेेटघाट तथा छलफल संगै हङकङ हुदै जापान लगायत विभिन्न देशहरुमा भ्रमणको लागी जाने तय भएको बताएको छ ।




















