NRNA मलेसियाको क्षेत्रीय समिती जोहोर द्वारा आयोजित तिज बिशेष कार्यक्रम सम्पन्न ।

 

गैर आवासीय नेपाली संघ क्षेत्रीय समिती जोहोर ले मलेशिया को जोहोर राज्यमा रहनुभएका दिदिबहिनी हरुलाई माइतिको आभास दिने हेतुले आयोजना गरेको तिज विशेष तथा शुभकामना आदानप्रदान साथै दर खाने कार्यक्रम 16/09/2023 मा आफ्नै कार्यलय मा सम्पन्न भएको छ

कार्यक्रम संघ कि अध्यक्ष बेदना श्रेष्ठ को सभापतित्वमा गरिएको थियो कार्यक्रम मा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ रास्टिय समन्वय परिषद मलेशिया का प्रथम उपाध्यक्ष राकेश प्रसाद महत्तो विशिष्ट अतिथि मा गैर आवासीय नेपाली संघ रास्टिय समन्वय परिषद मलेशियाका युवा उपाध्यक्ष नारायण अधिकारी विशेष अतिथी संघ का पुर्ब अध्यक्ष मिम बहादुर गुरुङ , हरि बहादुर बस्नेत अतिथी मा क्रमश सुदुर पश्चिमेलिसेवा समाज क्षेत्रीय समिती जोहोर का अध्यक्ष तिलक चन्द्र ठकुरी ,किरात याक्थुम चुम्लुङ जोहोर का अध्यक्ष हेमराज योङ्हाङ , किरात राई यायोख्खा शाखा जोहोर कि सहकोषाध्यक्ष सशिकला राई , ब्यापारि पुर्ण श्रेष्ठ समाजसेवी सपना गुरुङ लगायत को उपस्थिति रहेको थियो
कार्यक्रम को शुरुआत मा समाजसेवी सपना गुरुङ को नेतृत्व मा संघ कि अध्यक्ष साथै उपस्थित सम्पुर्ण दिदिबहिनी ले केक काटी साथै प्रमुख अतिथि बिशिस्ट अथिती ले ब्यानर खोली उद्घाटन गरिएको थियो

कार्यक्रम मा गैर आवासीय नेपाली संघ रास्टिय समन्वय परिषद मलेशिया का उपस्थित नबनिर्बाचित पदाधिकारी हरुलाई क्षेत्रीय समिती जोहोर ले सम्मान गरिएको थियो

निबर्तमान क्षेत्रीय समिती जोहोर का पदाधिकारी हरु ले अध्यक्ष बेदना श्रेष्ठ को नयाँ कार्यसमिति लाई सम्मान कार्यक्रम गरिएको थियो

कार्यक्रम मा स्वागत मन्तव्य संघ को सहकोषाध्यक्ष समिता राई ले गर्नुभएको थियो उपस्थित अतिथि ले महिला हरुको महान पर्व हरितालिका तिज को शुभकामना आदानप्रदान गरिएको थियो साथै कार्यक्रम संघ का सचिब छवि लाल गिरि ले संचालन गर्नुभएको थियो

शुभकामना आदानप्रदान पश्चात् उपस्थित दाजुभाइ तथा दिदिबहिनी सम्पुर्ण लाई विभिन्न परिकार (दर) खानपान गराइएको थियो साथै तिज गित मा स्थानिय कलाकार उपस्थित दिदीबहिनीको बेजोड साङ्गितिक प्रस्तुतिले कार्यक्रम अझ मनोरञ्जनात्मक रहेको थियो

गैर आवासीय नेपाली संघ क्षेत्रीय समितिको कार्यलय ब्याबस्थापन को लागी उपस्थित प्रमुख अतिथि राकेश प्रसाद महत्तो,बिशिस्ट अतिथि मिम बहादुर गुरुङ ,अतिथि किरात याक्थुम चुम्लुङ शाखा जोहोर ,किरात राई यायोख्खा शाखा जोहोर,ब्यापारी पुर्ण श्रेष्ठ लगायत ले
थप टेवा र आगामी कार्यक्रम लाई सहज होस भनी संघ लाईआर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ सहयोगी मन का धनी सम्पुर्ण सहयोगीलाई क्षेत्रीय समितिले धन्यवाद ब्याक्त गरेको थियो