एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत, कसलाई कुन जिम्मेवारी दिइयो ?

?????????????????????????????????????????????????????????

काठमाडौं:= नेकपा एकीकृत समाजवादी पार्टीले विभिन्न नेतालाई विभिन्न जिम्मेवारी दिएको छ। अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा स्थायी कमिटी सदस्य रहेका हरि पराजुलीलाई सचिव मनोनित गरिएको छ।

यस्तै २१ जना केन्द्रीय सदस्य मनोनित भएका छन्। केन्द्रीय अनुशासन, लोखा परक्षिण र निर्वाचन आयोगको अध्यक्ष र सदस्य तोकिएका छन्। अनुशासन आयोगको अध्यक्षमा शिवबहादुर देउवा, उपाध्यक्षमा लेखनाथ गुरागाईँ र सचिवमा बालचन्द्र मिश्रले जिम्मेवारी पाएका छन्।

लेखा परीक्षण आयोको अध्यक्षमा भरतकुमार श्रेष्ठ, उपाध्यक्षमा विद्या ढकाल र सचिवमा सुशील ढुंगानालाई जिम्मेवारी दिइएको छ। निर्वाचन आयोगको अध्यक्षमा माधव पौडेल, उपाध्यक्षमा चन्द्रकान्त ज्ञवाली र सचिवमा रोशन सुवेदी छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार उनीहरुलाई केन्द्रीय सदस्य मनोनीत गरेको सो पार्टीले जनाएको छ । अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीसहित २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरु-

१. अजबहादुर मल्ल — बाजुरा

२. ओमचरण अमात्य — भक्ततपुर

३. गौतम राई — काठमाडौँ

४. गोविन्द चेपाङ —मकवानपुर

५. चन्द्रा श्रेष्ठ — झापा

६. चिरञ्जीवी भट्टराई —सुनसरी

७. जयप्रकाश यादव — बारा

८. दिपक केसी — काठमाडौँ

९. धनबहादुर कार्की — दोलखा

१०. धर्म शाही — मुगु

११. नन्द बञ्जाडे — काठमाडौं

१२. बरुनाथ योगी — दैलेख

१३. बैकुण्ठ भुसाल —पर्बत

१४. भक्तिमान सुब्बा— पाँचथर

१५. मिना लामा —मकवानपुर

१६. रामप्रसाद ढुङाना — काठमाडौँ

१७. लंक हमाल — कपिलवस्तु

१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व

१९. शिवकुमारी खनाल— काठमाडौँ

२०. शैलेन्द्र उपाध्याय— रूपन्देही

२१. सुदेश पराजुली — काठमाडौँ