NRNA मलेसियाले तीज बिशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गर्ने ।

क्वालालम्पुर (मलेसिया):= गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेसियाको आयोजनामा हिन्दु धर्म्वालम्बी नेपाली नारीहरुकाे महानचाँड हरितालिका तीज पर्वकाे अवसर पारेर मलेसियामा रहेका विशेष गरि महिला दिदिबहिनी हरुको लागि तीज विशेष कार्यक्रम आयोजना गर्ने भएकाे छ।

मलेसियामा रहेका नेपाली महिला दिदिबहिनी हरुको माइती संस्था गैर आवासिय नेपाली संघ रहेको र महिला दिदिबहिनी हरुले माइतीको आभास गर्न सकुन र महिला दिदिबहिनी हरुका समस्या खुलेर राख्न सकुन,
भन्ने उदेश्यले संघले तिज बिशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष बिनोद थापाले बताए ।

कोभिडका कारण गत बर्ष कार्यक्रम हुन नसकेतापनि एसियालि अन्य देशहरुमा जस्तै संघ ले मलेसियामा पहिलेदेखीनै तिज विशेष कार्यक्रम आयोजना गर्दै आएको थियो । जसबाट महिला दिदिबहिनीहरुमा ससक्तिकरण र आपसी भाईचाराको सम्बन्ध बढ्दैजाने आफ्ना समस्या खुलेर राख्न सक्ने र संघमा महिला दिदिबहिनी हरु पनि समेटिनुपर्छ भन्ने मनोभाव बढेर जाने विश्वास संघले लिएको कार्यक्रम अध्यक्ष थापालाई उद्धत गर्दै एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप-संयोजक र  २०२३-२०२५ का संयोजक का उम्मेद्बार हरि भट्टराई ले जानकारी दिए ।

कार्यक्रम यहि आउदाे सन् २०२३, सेप्टेम्बर १७ तारिख  आईतबारका दिन (hotel grand Continental) मा आयोजना हुने उक्त शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा मनोरंजन र सांगीतिक प्रस्तुति दिन गायिका तथा नृत्यङ्गना सम्झना तामाङ , मोडल अनु पराजुली , गायिका भवाना आचार्य र नृत्यङ्गना जुना कार्की लाई निमन्त्रणा गरिएको अध्यक्ष थापाले जानकारी दिए ।