स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान र सार्वजनिक विदा दिने निर्णय।

काठमाडौं:= सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेकाे हो ।

इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो । नेम्वाङका विदेशमा रहेका छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयराी गरिएको छ ।नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो ।