क्वालालम्पुर (मलेसिया:= सुदुरपश्चिमको कला साहित्य र संस्कृतिको जगेर्ना साथै पर्यटकीय धार्मिक स्थलहरुको संरक्षण, सम्वर्द्धन तथा प्रचारप्रसारमा टेवा पुर्याउने उदेश्यले सुदुर पश्चिमेली नेपाली समाज मलेसियाद्वारा आयाेजित गौरा पर्व तथा सांस्कृतिक कार्यक्रम भब्य सम्पन्न भएको छ ।

सुदुर पश्चिमेली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का खप्तडिकाे अध्यक्षता र नेपाली राजदूतावास मलेसियाका निमित कार्यबाहक राजदूत एवंम प्रथम सचिव बलिराम प्रसाद धामिकाे आतिथ्यतामा सुदूरपश्चिममा मनाईने गौरा पर्वकाे शुभकामना कार्यक्रम गएको आईतवार भब्य रुपमा सम्पन्न भएकाे हाे ।

होटल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजना गरिएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव एवम् प्रशासनिक अधिकृत प्रेमबहादुर बुढथापा नेपाली राजदूतावास मलेसियाका लेखा अधिकृत निर्मला केसि, गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद कुमार थापा , प्रथम उपाध्यक्ष राकेश महतो, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनि , थारु कल्याणकारीणी सभा मलेसियाका महिला उपाध्यक्ष राधा मगर थारु लगायत मलेसियामा सक्रिय विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालबाट आफ्नो प्रस्तुति सहित सांकृतिक कार्यक्रममा सहभागी हुन मलेसिया आएका देउडा गायक सुरेश चोखाल साथै नेपाली साङ्गीतिक क्षेत्रमा उदाउदै गरेका स्थानीय नेपाली कलाकारहरुले समेत बेजाेड प्रस्तुती पस्केका थिए ।

सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका उपाध्यक्ष पुर्ण बहादुर बिष्ट र जोहोरबारु क्षेत्रिय उपसचिव कपिल बोहोराले गर्नु भएकाे थियाे । कार्यक्रममा सहभागी प्रमुख अतिथि , बिशिस्ट अतिथि , अतिथि लगायतले पालैपालो शुभकामना मनतव्य दिएका थिए ।




















