फिफा विश्वकप २०२६ को छनोट खेलमा ब्राजिलको विजयी सुरुवात।

रियो:= फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुवात गरेको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई पराजित गरेको हो ।

ब्राजिलले बोभियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा रोड्रिगो र नेयमारले समान २ र राफिन्हाले १ गोल गर्नुभयो । राड्रिगोले २४औँ र ५३औँ तथा नेयमारले ६१औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो ।

राफिन्हाले ४७औँ मिनेटमा गोल गर्नुभयो । बोलिभियाका लागि भिक्टोरले ७८औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । पहिलो खेल खेलिरहेको ब्राजिल ३ अंकका साथ शीर्षस्थानमा छ । शनिबार नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

दक्षिण अमेरिकी छनोटमा दस राष्ट्रको सहभागिता रहेको छ । यता युइएफ युरो २०२४ छनोटमा स्पेन र पोर्चुगलले जित दर्ता गरेका छन् । स्पेनले जर्जियालाई ७-१ को फराकिलो अन्तरले पराजित ग¥यो भने पोर्चुगलले स्लोभाकियासँग १-० को संघर्षपूर्ण जित निकाल्यो ।

स्पेनको जितमा कप्तान अल्भारो मोराटाले हृयाट्रिक प्रहार गर्दा ड्यानी ओल्मो, निको विलियम्स र लामिन यमालले समान एक–एक गोल गर्नुभयो । यस्तै, यमालले स्पेनका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने रेकर्ड बनाउनुभयो । बार्सिलोनाका १६ वर्षीय यी खेलाडीले बार्सिलोनाकै गाभीको नाममा रहेको यो कीर्तिमान तोड्नुभएको हो ।

समूह ‘ए’मा रहेको स्पेन तीन खेलमा छ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्याण्ड पाँच खेलमा १५ अंकका साथ शीर्षस्थानमा छ । यस्तै, अर्को खेलमा पोर्चुगलले स्लोभाकियालाई बु्रनो फर्नान्डेजको एकमात्र गोलको मद्दतले हराएको छ ।

यस्तै, खेलमा पहेँलो कार्ड पाएका कारण क्रिस्टियानो रोनाल्डोले भने अर्को खेल गुमाउनुहुनेछ । पोर्चुगल पाँच खेलमा पाँच जितसहित समूहको शीर्षस्थानमा छ । पराजित स्लोभाकिया १० अंकसहित दोस्रो स्थानमा छ । एजेन्सी ।