चलचित्र ‘गणपति’मा रहेको गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ भिडियो सार्वजनिक।

काठमाडौं := चलचित्र ‘गणपति’मा रहेको गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत गीतको भिडियो दर्शकमाझ ल्याइएको हो । शंकर अधिकारी ‘घायल’ले लेखेको गीतमा बाबुल गिरीको स्वर र संगीत छ ।

स्वदेशसहित विश्व बजारमा एकसाथ भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद रिजाल र निर्माता लक्ष्मण रिजाल हुनुहुन्छ । सेभेन सिज इन्टरटेन्मेन्टले ओभरसिज, एफडि र श्रीराम बालाजी फिल्मस्ले नेपाल भरका हलमा वितरण गर्न लागेको चलचित्र मिडिल इस्ट, न्युजील्याण्ड र अष्ट्रेलियाका हलमा भने १५ सेप्टेम्बरमा प्रदर्शन हुने पक्का भएको छ ।

निर्देशक सविन अधिकारीको लेखन रहेको चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ ।

रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको चलचित्रको कार्यकारी निर्मातामा विज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा सम्पादक बनिष शाह हुनुहुन्छ। शंकर अधिकारी घायल, देवेन्द्र बब्बु, बाबुल गिरी, अनिश अधिकारी र सविन अधिकारीको शब्द अनि बाबुल गिरी र विशाल निरौलाको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन र हरि घले लामाको छायांकन छ ।